Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

किसानले भोग्दै आएको समस्या समाधान हुनुपर्छ : डा सिके राउत


१४ ,श्रावण ,काठमाडौँ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा चन्द्रकान्त राउत (सिके राउत)ले प्रत्येक वर्ष किसानले खेतीको समयमा भोग्दै आएको समस्या समाधान हुनुपर्ने बताएका छन् ।

सप्तरीको राजविराजमा हिजो आयोजित पार्टी प्रवेश, सङ्गठन सुदृढीकरण अभियान तथा प्रशिक्षण कार्यक्रममा उहाँले खेतीका समयमा मधेसका किसान मल पाउनबाट बञ्चित हुने गरेको उल्लेख गर्दै त्यस्ता समस्या समाधान हुनुपर्ने बताए ।

तराई अन्नका भण्डार भएकाले यहाँ सिँचाइ सुविधाको राम्रो व्यवस्था गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष डा रावतले खेती गर्ने समयमा पानी नपाएर तराईका किसान निरास हुने गरेको उल्लेख गरे ।

सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका डा राउतले मुलुकमा व्याप्त सिन्डिकेट प्रथाका कारण ठूला उद्योगधन्दा स्थापित हुन नसकेको जिकिरसमेत गरे । आफूले रासायनिक मलको कारखाना नेपालमा स्थापनाका लागि भारत र जर्मनी सरकारसँग पहल गरेको दाबी गर्दै भारत सरकारले समेत नेपालमा रासायनिक मल कारखाना स्थापनाका बारेमा सकारात्मक सन्देश दिएको उनले बताए ।

अहिले तराई मधेसका ऊर्जावान युवा विदेशमा पसिना बगाइरहेको भन्दै यही ठूला उद्योगको स्थापना गरेर भए पनि रोजगारी सिर्जना गरेमा देशले पनि आर्थिक समृद्धि हासिल गर्नेमा उनले जोड दिए ।


प्रकाशित मिति: १४ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?