१० श्रावण, काठमाडाैँ । कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बाढी पहिरोलगायतका कारण जनधनको क्षति हुन नदिन तथा अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । आज रक्षा मन्त्रालयमा विपद् व्यवस्थापन लगायतका विषयमा भएको बैठकमा उनले विपद् पूर्व सतर्कतालाई समेत उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका
१० श्रावण, काठमाडाैँ । सङ्घीय राजधानी काठमाडौँबाट उपत्यका बाहिर सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयनमा समस्या देखिएको छ । काठमाडौँ महानगरपालिकाले गत जेठ १९ गते सूचना प्रकाशित गरी असार १ गतेदेखि काठमाडौँभित्रका चक्रपथ वरपरबाट उपत्यका बाहिर सञ्चालन हुँदै आएका सार्वजनिक यात्रुवाहक सवारी साधनलाई
१० श्रावण, कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका-उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आज पाँच वर्ष पुगेको छ । तर अझै पनि मुद्धाको टुङ्गो लागेको छैन । विसं २०७५ साउन १० गते साथीको घरमा विद्यालयको गृहकार्य गर्न गएकी बालिका पन्तको शव साउन ११ गते नजिकैको उखुबारीमा भेटिएको थियो । शव
१० श्रावण, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रतिनिधि सभा बैठकमा अवरोध गरेको छ । आज बसेको बैठकमा सांसदहरूले आ–आफ्नो धारणा राखेपछि एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदन अवरुद्ध गरेको हो । सदनमा अवरोध भएपछि बैठकको अध्यक्षता गरिरहनु भएका सभामुख देवराज घिमिरेले अर्को बैठक साउन १५
१० श्रावण, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति सरकारले भ्रष्टाचार काण्डको जरोमा पुग्ने गरी छानबिन नगरेको आरोप लगाएका छन् । बुधबारको संसद बैठकमा बोल्दै सभापति लामिछानेले सरकारले गर्ने सबै अनुसन्धान बिचमै अड्किने पनि बताएका छन् । ‘हरेक विषय सरकारले सुरू गर्छ, अलि जरोसम्म पुग्छ कि भन्यो अड्किन्छ, गिजोलिन्छ। भुटानी शरणार्थी प्रकरणमा
१० श्रावण, काठमाडाैँ । चालु आर्थिक वर्षको मौद्रिक नीति जारी भएको दिन गत आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक त्यसपछिका तीन दिन भने लगातार ओरालो लागेको छ । सोमबार र मङ्गलबार दोहोरो अङ्कको गिरावट देखिएको नेप्से परिसूचक आज आठ दशमलव ११ अङ्कले घटेर दुई हजार एक सय ५६
१० श्रावण, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदिकाली गाउँपालिका–६ मा जङ्गली च्याउ खाँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बौदिकाली–६ माझडाँडाका ९९ वर्षीय लिला आले र ६६ वर्षीय उमाकुमारी आलेको जङ्गली च्याउ खाँदा मृत्यु भएको बताउनुभयो । उनीहरुले गत शुक्रबार स्थानीय जङ्गलमा
१० श्रावण, काठमाडाैँ । मृत्युदण्डलाई प्रभावकारी अपराध निरोधक दाबी गर्दै आएको सिङ्गापुरले लागुऔषध तस्करीमा दोषी ठहरिएका ५७ वर्षीय मोहम्मद अजिज बिन हुसेनलाई मृत्युदण्ड दिएको छ । कोरोना महामारीका बेला स्थगन गरिएको मृत्युदण्डको सजायलाई गतवर्षदेखि पुनः थालिएको छ । यो वर्ष कार्यान्वयन गरिएको यो चौधौँ कठोर सजाय हो । ५० ग्राम
१० श्रावण, चितवन । भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को प्रचारप्रसार सुरु गरेको छ । महानगर प्रमुख रेनु दाहालले बागमती प्रदेश सरकार, सङ्घीय सरकारका मन्त्रालय र नेपाल पर्यटन बोर्डलाई भरतपुर भ्रमण वर्षको प्रबद्र्धनात्मक कार्यक्रमबारे जानकारी गराइसकिएको बताए । उनका अनुसार भ्रमण वर्षबारे निजी क्षेत्रसँग पनि छलफल अगाडि बढाइसकिएको छ ।
१० श्रावण, गण्डकी। सात तालको बगैँचा सहर लेखनाथमा रहेको खुल्ला चिडियाखाना(पचभैया प्राणि उद्यान केन्द्र)लाई हाइकिङमार्फत पर्यटनसँग जोड्ने प्रयास गरिएको छ। स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने नाराका साथ विगत तीन वर्षयता पोखरा र आसपासका विभिन्न पर्यटकीय गन्तव्यलाई हाइकिङमार्फत प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले चिडियाखाना रहेको पचभैयादेखि रुपा गाउँपालिकाको हात्तीमैता भ्यू