Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

भ्रष्टाचार काण्डको जरोसम्म नपुग्ने हो भने सरकारको दिनगन्ती सुरू भयो : रवि लामिछाने


१० श्रावण, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति सरकारले भ्रष्टाचार काण्डको जरोमा पुग्ने गरी छानबिन नगरेको आरोप लगाएका छन् ।

बुधबारको संसद बैठकमा बोल्दै सभापति लामिछानेले सरकारले गर्ने सबै अनुसन्धान बिचमै अड्किने पनि बताएका छन् ।

‘हरेक विषय सरकारले सुरू गर्छ, अलि जरोसम्म पुग्छ कि भन्यो अड्किन्छ, गिजोलिन्छ। भुटानी शरणार्थी प्रकरणमा जरो कहाँ सारा जनतालाई थाहा छ, सुरूवात गर्‍यो सरकार अड्कियो।’ उनले भने, ‘सुन काण्डको जरो कहाँ छ। आरोपितको नाम आइरहेको छ नि! सरकार जरोमा जाँदैन। कुनै विषय गिजोल्ने मात्र होइन जरोमा पुर्‍याउने सहास लिएको हो भने ठिक छ । केही कर्मचारी थुनेर, सरूवा गरेर फाइल खोलेझैं गर्ने हो भने सरकारको दिन गन्न सुरू भयो।’


प्रकाशित मिति: १० श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?