Trending
>>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

समाचार


प्रधानमन्त्री ‘प्रचण्ड’को सम्मानमा भारतीय प्रधानमन्त्रीको दिवा भोज

१८ जेठ, नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्मानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिवाभोज दिएका छन् । प्रधानमन्त्रीस्तरीय भेटवार्ता तथा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता र संयुक्त पत्रकार सम्मेलन लगत्तै भारतीय प्रधानमन्त्री मोदीले हैदरावाद हाउसको केदार हलमा दिवाभोजको आयोजना गरेका हुन् । भोजमा नेपाली प्रतिनिधिमण्डलका मन्त्रीगण, उच्च सरकारी अधिकारी

महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिन बालेनले गरे सम्झाैता

१८ जेठ, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले आफ्ना ३२ वटै वडाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ । काठमाडौँ महानगरपालिका र छत्रपाटी निःशुल्क चिकित्सालयबीच भएको सम्झौता अनुसार महानगरभित्रका ७० वर्ष उमेर कटेका ज्येष्ठ नागरिकलाई छत्रपाटी चिकित्सालयले सबै स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने सहमति भएको महानगर प्रमुख बालेन

नेपालगञ्जको एकीकृत जाँच चौकीको उद्घाटन, भैरहवाको शिलान्याश

१८ जेठ, नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा नेपालगञ्जको रुपेडियामा निर्माण सम्पन्न भएको एकीकृत जाँचचौकीको उद्घाटन गरेका छन् । भारतीय प्रधानमन्त्रीकोे कार्यालय हैदरावाद हाउसबाट उनिहरुले सो जाँचचौकीको उद्घाटन गरेका हुन् । सहजरुपमा व्यापार प्रवद्र्धनका लागि सो जाँचचौकी महत्वपूर्ण मानिएको छ ।

नविल बैंकले एकसाथ सञ्चालनमा ल्यायो ३८ वटा शाखा

१८ जेठ, काठमाडाैँ । नविल बैङ्कले एकसाथ ३८ वटा शाखा सञ्चालनमा ल्याएको छ । बिहीबार बैङ्क स्थापना भएको ३८ वर्ष पूरा भएको अवसरमा काठमाडौंमा एक कार्यक्रम गरी देशैभरका ३८ नयाँ शाखाको उद्घाटन गरेको हो । बैङ्कले नविल बैङ्क अब तपाईँसँग अझै नजिक भन्ने नाराका साथ सरल र सबल बैङ्किङ सेवा प्रदान

पाँच महिनामा चार लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए

१८ जेठ, काठमाडाैँ । सन् २०२३ को पाँच महिनामा चार लाख चार हजार दुई सय ५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार जनवरीदेखि मे महिनासम्म सो सङ्ख्यामा पर्यटक भित्रिएका हुन् । मे महिनामा मात्रै ७७ हजार सात सय ३० पर्यटक नेपाल आएका छन् ।

भ्रमण पुस्तिकामा प्रधानमन्त्री प्रचण्डले गरे हस्ताक्षर

१८ जेठ, नयाँदिल्ली । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रमण पुस्तिकामा हस्ताक्षर गरेका छन् । बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयमा रहेको भ्रमण पुस्तिकामा प्रधानमन्त्री प्रचण्डले हस्ताक्षर गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले हस्ताक्षर गर्नुभएको कलम भारतका प्रधनमन्त्री मोदीले उपहारमा प्रदान गरेका थिए । प्रधानमन्त्री प्रचण्डलाई उपहार स्वरुप

नेपाल र भारतबीच दुबै देशमा मोबाइल बैंकिङ्ग र क्युआर कोड सञ्चालन गर्ने सम्झाैता

१८ जेठ, नयाँदिल्ली । नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएकोे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल क्लियरिङ हाउस र भारतको एनपिसिआईबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेषमान प्रधान र एनपिसिआई प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले हस्ताक्षर

‘राधा’ले तीन विधामा जित्यो अवार्ड

१८ जेठ, काठमाडाैँ। निर्देशक सुवर्ण थापाद्वारा निर्देशित ‘राधा’ चलचित्रले फ्रान्सको कान्स सहरमा सम्पन्न भएको ‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’का तीन विधामा अवार्ड हात पारेको छ । अमेरिकामा राधाको विशेष शोमा व्यस्त रहेका थापाले  वेष्ट फिचर फिल्म, वेष्ट एक्ट्रेस र वेष्ट डाइरेक्टर अवार्ड हात पार्न सफल भएको जानकारी दिए । ‘ला फेमे

कांग्रेस सभापति देउवाद्वारा कीर्तिमानी आरोही बुढामगरलाई सम्मान

१८ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गर्ने आरोही हरि बुढामगरले देशको गौरव बढाएको बताएका छन् । धुम्बाराहीस्थित आफ्नै निवासमा आज आयोजित एक कार्यक्रमकाबीच पार्टीकोतर्फबाट आरोही बुढामगरलाई सम्मान गर्दै सभापति देउवाले नेपालको पहिचानलाई विश्वभर

नेपालसँगको सीमा विवाद समाधान हुन्छ : भारतीय प्रधानमन्त्री मोदी

१८ जेठ, नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सीमा विवाद समाधान हुने बताएका छन् । चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि बिहीबार दिउँसो हैदरवाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत सीमा विवाद समाधान हुने बताएका हुन् । नेपाल–भारत सम्बन्धलाई हिमालको जस्तै उचाई दिने काम

सम्वन्धित समाचारहरु