Trending
>>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

समाचार


रवि लामिछानेविरूद्ध परेको रिटको सुनुवाइ अनिलकुमार सिन्हाको एकल इजलास

२१ चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध परेको रिटको आजदेखि प्रारम्भिक सुनुवाइ हुने भएको छ । लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध युवराज पौडेल (सफल) ले दिएको रिट न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा पारेको छ । लामिछानेमाथि राहदानी विवादमा मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधिवक्ताले गरेको निर्णय उत्प्रेषणको

इन्डोनेसियामा ६.४ म्याग्निच्युडको भूकम्प

२१ चैत्र, एजेन्सी । इन्डोनेसियाको पश्चिमी प्रान्त उत्तरी सुमात्रामा सोमबार साँझ ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ । देशको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएअनुसार यसबाट तत्काललाई सुनामीको डर देखिएको छैन। भूकम्पको प्रभावबारे विस्तृत जानकारी आउँन बाँकी छ ।

आजदेखि नेटोको सदस्य बन्दै फिनल्याण्ड

२१ चैत्र, एजेन्सी । फिनल्याण्ड आजदेखि औपचारिक रूपमा उत्तरी एटलान्टिक सन्धि सङ्गठन (नेटो) को ३१औँ सदस्य बन्ने भएको छ । फिनल्याण्डका राष्ट्रपतिको कार्यालयले सोमबार यस निर्णयबारे जानकारी गराएको हो । फिनल्याण्डका राष्ट्रपति साउली निनिस्टो, विदेशमन्त्री पेक्का हाभिस्टो र रक्षामन्त्री एन्टी काइकोनेनले ब्रसेल्सस्थित नेटो मुख्यालयमा हुने सम्मेलनमा सहभागी हुने कार्यालयले जारी

बिनाअनुमति सञ्चालन भएका व्यावसायिक फर्ममाथि कारबाही

२१ चैत्र, वीरगञ्ज । बिनाअनुमति सञ्चालन भएका तथा तोकिएको मापदण्डविपरीत सामान बिक्री गर्ने पर्साका ६४ व्यावसायिक फर्ममाथि कारबाही गरिएको छ । अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्री गर्ने, मूल्यसूची नराख्ने, खरिद बिल नकाट्ने र इजाजत नलिएका ६४ व्यावसायिक फर्ममाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज पर्साले कारबाही गरेको हो

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा न्यौपाने नियुक्त

२१ चैत्र, धनकुटा । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सञ्चालक समितिकोे अध्यक्ष पदमा डा विजयराज न्यौपाने नियुक्त भएका छन् । उनि सो अस्पतालमा पूर्वउपनिर्देशक पदमा कार्यरत छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको जनाइएको छ । नवनियुक्त अध्यक्ष डा न्यौपानेले अस्पताललाई क्यान्सरसम्बन्धी थप जनचेतना जगाउने, उपचार

संकटमा पोखराको पर्यटन व्यवसाय

२१ चैत्र, पोखरा। पोखराका पर्यटन व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पर्यटन क्षेत्रमा निकै लगानी गरिरहेका समयमा विश्वव्यापी कोरोना देखिएपछि पर्यटन क्षेत्र ठप्प भयो । कोरोनापछिको पर्यटन चलायमान हुन्छ र लयमा फर्किन्छ भन्ने आश गरिरहेका पर्यटन व्यवसायी सन् २०२३ सम्म आइपुग्दा पनि कोरोनाको असरबाट मुक्ति पाउन नसकेपछि समस्यामा परेका छन्

कर्णालीमा प्रदेशः एकीकृत बस्ती विकास गरिँदै

२१ चैत ,सुर्खेत/भेरीगङ्गा । कर्णाली प्रदेश सरकारले एकीकृत बस्ती निर्माण गर्ने गरी योजना बनाएको छ । भौगोलिकरूपमा विकट, छरिएर रहेको, सार्वजनिक सेवा सुविधा पुर्याउन र प्राप्त गर्न कठिनलगायतका स्थानमा रहेका बस्तीको पहिचान गरी एकीकृत बस्ती विकास गर्ने प्रदेश सरकारको योजना छ । यसैगरी विपद्को उच्च जोखिममा रहेको वा क्षतिका कारण

कालीगण्डकी करिडोर : दुई मोटरेबल पुल निर्माण

२१ चैत ,पर्वत । उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत पर्वत–स्याङ्जा खण्डमा दुईवटा मोटरेबल पुल निर्माण गरिएका छन्। करिडोरभित्र पर्ने पर्वतको विहादी गाउँपालिका–६ शालिग्राम र स्याङ्जाको गल्याङ नगरपालिका–५ जोड्ने गरी सेतीखोलामा तथा स्याङ्जा खण्डको १० किलोमिटर सडकमध्ये कालीगण्डकी गाउँपालिका–७ र गल्याङ –५ जोड्ने गरी आँधीखोलामा पुल निर्माण

महाकालीपारि सर्पदंशको उपचार सेवा

२१ चैत ,बेदकोट । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित दोधारा प्राथमिक स्वास्थ्य केन्द्रले सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति पाएको छ । सो केन्द्रलाई सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि स्वास्थ्य सेवा विभागको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबार अनुमति दिएको हो । सर्पदंश उपचारका लागि अनुमति पाएसँगै स्वास्थ्य केन्द्रमा सर्पदंशका बिरामीलाई

अलपत्र गौतमबुद्ध क्रिकेट रंगशाला बनाउने जिम्मा सरकारले लिने निर्णय

२१ चैत्र, काठमाडाैँ । चितवनमा अलपत्र परेको गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अब सरकारले बढाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त रंगशालाको स्वामित्व सरकारले लिने र निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयमार्फत रंगशाला निर्माणको काम अघि बढ्ने भएको छ । निर्माण सकिएपछि रंगशाला

सम्वन्धित समाचारहरु