Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

अलपत्र गौतमबुद्ध क्रिकेट रंगशाला बनाउने जिम्मा सरकारले लिने निर्णय


२१ चैत्र, काठमाडाैँ । चितवनमा अलपत्र परेको गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अब सरकारले बढाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त रंगशालाको स्वामित्व सरकारले लिने र निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

युवा तथा खेलकुद मन्त्रालयमार्फत रंगशाला निर्माणको काम अघि बढ्ने भएको छ । निर्माण सकिएपछि रंगशाला भरतपुर महानगरलाई हस्तान्तरण गरिने छ ।

सरकारले हालसम्मको हिसाबकिताब मिलानका लागि भरतपुर महानगरपालिकालाई १२ करोड रुपैयाँ पनि दिने भएको छ ।

धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण सुरू गरेको उक्त रंगशाला अहिले अलपत्र परेको छ । निर्माणका क्रममा सामग्री खरिद गरेको १७ करोड रूपैयाँ भुक्तानी गर्न समेत बाँकी रहेको छ ।


प्रकाशित मिति: २१ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?