Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

अलपत्र गौतमबुद्ध क्रिकेट रंगशाला बनाउने जिम्मा सरकारले लिने निर्णय


२१ चैत्र, काठमाडाैँ । चितवनमा अलपत्र परेको गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अब सरकारले बढाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त रंगशालाको स्वामित्व सरकारले लिने र निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

युवा तथा खेलकुद मन्त्रालयमार्फत रंगशाला निर्माणको काम अघि बढ्ने भएको छ । निर्माण सकिएपछि रंगशाला भरतपुर महानगरलाई हस्तान्तरण गरिने छ ।

सरकारले हालसम्मको हिसाबकिताब मिलानका लागि भरतपुर महानगरपालिकालाई १२ करोड रुपैयाँ पनि दिने भएको छ ।

धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण सुरू गरेको उक्त रंगशाला अहिले अलपत्र परेको छ । निर्माणका क्रममा सामग्री खरिद गरेको १७ करोड रूपैयाँ भुक्तानी गर्न समेत बाँकी रहेको छ ।


प्रकाशित मिति: २१ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?