Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

महाकालीपारि सर्पदंशको उपचार सेवा


२१ चैत ,बेदकोट । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित दोधारा प्राथमिक स्वास्थ्य केन्द्रले सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति पाएको छ । सो केन्द्रलाई सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि स्वास्थ्य सेवा विभागको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबार अनुमति दिएको हो ।

सर्पदंश उपचारका लागि अनुमति पाएसँगै स्वास्थ्य केन्द्रमा सर्पदंशका बिरामीलाई सेवा प्रदान गरिने निमित्त प्रमुख डा राजेश जोशीले बताए । “अब एन्टिस्नेक भेनम आएपछि उपचार सुरु हुन्छ, बाँकी जनशक्ति र भौतिक संरचनाको सम्पूर्ण तयारी पूरा भइसकेको छ”, उनले भने, “अहिले हामीसँग आइसीयूको सुविधा नभएकाले सामान्य बिरामीको उपचार गर्न सक्छौँ, आइसीयू आवश्यक पर्ने बिरामी सिफारिस गर्नुपर्छ ।”

सो महाशाखाले दोधारा प्राथमिक स्वास्थ्य केन्द्रलाई विसं २०८३ चैत १९ गतेसम्मका लागि सर्पदंश उपचार केन्द्रका लागि अनुमति दिएको छ । महाशाखाले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्रलाई सर्पदशंका बिरामीको उपचारका प्रयोग गरिने एन्टिस्नेक भेनम उपलब्ध गराउन पत्राचार पनि गरेको छ ।

अहिले प्राथमिक स्वास्थ्य केन्द्रमा चार मेडिकल अफिसर छन् । तीमध्ये एक सर्पदंशको उपचार तालिमप्राप्त जनशक्ति छन् । प्राथमिक स्वास्थ्य केन्द्र एक भेन्टिलेटर जडित छ । महाकालीपारिको दोधारा चाँदनी नगरपालिकाका बासिन्दाको स्वास्थ्य सेवाका लागि वडा नं ६ मा एकमात्रै प्राथमिक स्वास्थ्य केन्द्र छ ।

दोधारा चाँदनीका सर्पदंशका बिरामीले उपचारका लागि भारत तथा महेन्द्रनगरतर्फ आउनुपर्ने बाध्यता छ । सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि दोधारा चाँदनीका स्थानीय बासिन्दालाई सर्पदंशको उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने नगर प्रवक्तासमेत रहेका दोधारा चाँदनी–६ का अध्यक्ष ओम बस्नेतले बताए । “सर्पदंशको उपचारका लागि दोधारा प्राथमिक स्वास्थ्य केन्द्रले अनुमति पाएको छ, योसँगै अब तत्कालै सर्पदंशको उपचार सुरु हुन्छ”, उनले भने, “यहाँ सर्पदंशको उपचार नहुँदा बाहिर जानुप¥थ्र्याे, सर्पदंशका बिरामीले तत्कालै उपचार नपाएर अन्यत्र लैजाँदा बाटोमै ज्यान गुमाउनुपर्ने बाध्यता हट्ने विश्वास लिएका छौँ ।”

केही महिनाअघि सो स्वास्थ्य केन्द्रमा रेबिजको खोप सेवा पनि थपिएको उनले बताए । दोधारा चाँदनीको एकमात्र प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पतालका रूपमा परिणत गर्ने योजना बनाएको नगर प्रवक्ता बस्नेतले बताए ।


प्रकाशित मिति: २१ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?