Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार

समाचार


कबाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु

२० ,मङ्सिर ,मोरङ । विराटनगर–७ स्थित सातघुम्तीमा रहेको कबाडी गोदाममा आज २ः१५ बजे आगलागी हुँदा दुई जनाको मृत्यु र चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार मृत्यु हुनेमा कबाडी धनी विराटनगर–६ निवासी ४० वर्षीय दीपक मण्डल र प्रारम्भिकरूपमा पहिचान नखुलेका

अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाल १० हजारसम्म सेना तैनाथ गर्न तयार छ : उपप्रधानमन्त्री खड्का

२० ,मङ्सिर ,काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल संयुक्त राष्ट्रसङ्घको अनुरोधमा १० हजारसम्म सेना तैनाथ गर्न प्रतिबद्ध रहेको बताएका छन् । घानाको आक्रामा भएको अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रिस्तरीय सम्मेलनमा उपप्रधानमन्त्री खड्काले नेपालले धेरैजसो प्रतिबद्धता पूरा गरिसकेको र बाँकी पूरा गर्ने क्रममा रहेकोसमेत बताए । उपप्रधानमन्त्री खड्काले

अरुण प्रवेश मार्ग मुआब्जा : कार्यदलले काम थाल्यो

२० ,मङ्सिर ,किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग छुट मुआब्जा विवादसम्बन्धी उच्चस्तरीय कार्यदलले काम सुरु गरेको छ । उच्चस्तरीय कार्यदलका संयोजक पूर्वसचिव अर्जुनजङ्ग थापासहित तीन सदस्य टोलीले अरुण तेस्रो प्रवेश मार्ग छुट मुआब्जा विवादसम्बन्धी अध्ययन सुरु गरेको हो । नेपाल सरकार मन्त्रिपरिषद्

चितवन राष्ट्रिय निकुञ्जमा देखियो मकुना

२० ,मङ्सिर ,चितवन । चितवन राष्ट्रिय निकुञ्जमा बथानबाट छुटिएर आएको दाह्रा नभएको भाले हात्ती ( मकुना) देखापरेको छ । निकुञ्जको पूर्वी क्षेत्र सौराहा आसपासका क्षेत्रमा यो हात्ती देखिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा यो हात्ती विगत तीन दिनदेखि देखिएको छ । बथान छोडेर आएका हात्तीले समाजमा

अब राजनीतिक दल विकास निर्माणमा लाग्नुपर्छ : अध्यक्ष ओली

२० ,मङ्सिर ,ढोरपाटन (बागलुङ) । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अब राजनीतिक दलले पार्टीको मात्रै नभई विकास निर्माणको काम गर्नुपर्ने बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका यात्राका क्रममा बागलुङको बुर्तिबाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विकास विस्तारै विकटका ठाउँसम्म पुगेको बताए । अहिलेसम्म विकासले नजोडिएका ठाउँमा तत्काल

बहुभाषामा प्रदर्शन हुँदै ‘हिटम्यान’

२० ,मङ्सिर ,गण्डकी । नेपाली कलाकार अभिनित तेलुगु फिल्म ‘हिटम्यान’ नेपाली, हिन्दी, अरबी, तमिल, चिनियाँलगायत भाषामा एकसाथ प्रदर्शनमा आउने भएको छ । आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा फिल्मका निर्देशक एवं अभिनेता विष्णु अधिकारीले आगामी फ्रेबुअरीदेखि फिल्म विश्वव्यापी प्रदर्शन हुने जानकारी दिए । प्रदर्शनको मिति भने केही दिनपछि तय हुने उनले

उपराष्ट्रपति यादव स्वागत समारोहमा

२० ,मङ्सिर ,काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव फिनल्याण्डको १०६औँ स्वतन्त्रता दिवसका अवसरमा आज अपराह्न यहाँ आयोजित स्वागत समारोहमा सहभागी भए । नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हिक्काले आयोजना गरेको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसद, पूर्वमन्त्री विभिन्न राजनीतिक दलका नेता यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी एवं वरिष्ठ सञ्चारकर्मीहरुको उपस्थिति

एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन

२० ,मङ्सिर ,काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका सम्बन्धमा ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । त्यस्तै, यो प्रकरणबारे ३० दिनभित्र विस्तृत अनुसन्धान र जाँचबुझ गरी आवश्यक कारबाही गर्न पनि सरकारलाई निर्देशन दिइएको सभापति ऋषिकेश पोखरेलले

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ

२० ,मङ्सिर ,काठमाडौँ । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहनुभएका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि यही मङ्सिर २८ गते सुनुवाइ हुने भएको छ । उक्त अदालतका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा यही मङ्सिर १५ गते राय बाँझी निर्णय सुनाएपछि उक्त विवादलाई तेस्रो न्यायाधीशसमक्ष

मधेस प्रदेश क्रिकेट टोलीका खेलाडीलाई सम्मान

२० ,मङ्सिर ,जनकपुरधाम । यही मङ्सिर १५ गते पोखरा रङ्गशालामा सम्पन्न केपी ओली कप टी–२० प्रतियोगिताको उपाधि जितेको मधेस प्रदेश क्रिकेट टोलीका खेलाडीहरूलाई सम्मान गरिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज जनकपुरधामस्थित मधेस भवनमा रहेको आफ्नै निवासमा बोलाएर खेलाडीहरूलाई सम्मान गरेका हुन् । त्यस अवसरमा मुख्यमन्त्री यादवले नियमित

सम्वन्धित समाचारहरु