Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

मधेस प्रदेश क्रिकेट टोलीका खेलाडीलाई सम्मान


२० ,मङ्सिर ,जनकपुरधाम । यही मङ्सिर १५ गते पोखरा रङ्गशालामा सम्पन्न केपी ओली कप टी–२० प्रतियोगिताको उपाधि जितेको मधेस प्रदेश क्रिकेट टोलीका खेलाडीहरूलाई सम्मान गरिएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज जनकपुरधामस्थित मधेस भवनमा रहेको आफ्नै निवासमा बोलाएर खेलाडीहरूलाई सम्मान गरेका हुन् । त्यस अवसरमा मुख्यमन्त्री यादवले नियमित प्रशिक्षण र उपयुक्त पूर्वाधारसहितको खेलमैत्री वातावरणको अभावमा पनि व्यावसायिक टोलीलाई हराएर उपाधि उचालेको भन्दै खेलाडीहरूको प्रशंसा गरे ।

उनले विजेता टोलीलाई प्रोत्साहनस्वरुप रु पाँच लाख नगद दिने घोषणा गरिसकेको र अरू समस्या समाधानका लागि चाँडै खेलाडीहरूसँग बसेर आवश्यक निर्णय गर्ने बताए ।

“प्रदेश सरकारले खेलकुदलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ, अब प्रदेशसभामा दर्ता गरिएको प्रदेश खेलकुद विकाससम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित भएमा आठै जिल्लामा खेल पूर्वाधार, आवश्यक प्रशिक्षक र खेलाडीहरूको जीविकोपार्जनका लागि ठोस काम अगाडि बढाउने छौँ”, मुख्यमन्त्री यादवले भने, “त्यसका साथै मधेस प्रदेशलाई खेलकुदको ‘हब’ बनाउन श्रीराम जानकी बहुउद्देश्यीय रङ्गशालाको निर्माणका लागि पहल भइरहेको पनि यहाँहरू सबैलाई जानकारी नै छ, प्रदेश सरकार खेल क्षेत्रको प्रवद्र्धन र खेलाडीको हौसला बढाउनका लागि प्राथमिकताका साथ काम गरिरहेको छ ।”

त्यसैगरी खेलाडीहरूले आफूहरूले भोगिरहेका समस्या तथा प्रदेश सरकारले तत्काल गर्नुपर्ने कामका विषयमा मुख्यमन्त्री यादवको ध्यानाकर्षण गराएका थिए । सो टोलीका प्रशिक्षक सुनिलकुमार साहले मधेस प्रदेशको पहिचानलाई उचो बनाउन क्रिकेट क्षेत्रले महत्वपूर्ण योगदान गर्नसक्ने भए पनि उचित अवसरको अभावमा प्रतिभावान् खेलाडी पलायनको अवस्थाबाट रोक्न जरुरी रहेको बताए ।

आर्थिक अभाव, न्यूनतम सुविधासहितका खेलमैदान र पर्याप्त प्रशिक्षक नहुँदा खेलाडी पलायन भइरहेकाले त्यसलाई रोक्न प्रदेश सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने उनको भनाइ थियो ।

“केही समयमै हाम्रो टोलीका पाँच प्रतिभावान खेलाडी पलायन भइसकेका छन्, हाल बाँकी खेलाडीहरूमध्ये ८० प्रतिशत जति भारतमा आफैँ लगानी गरेर बसिरहेका छन्, उनीहरू पनि कुन दिन छाडेर जान्छन् भन्न सकिने अवस्था छैन, त्यसैकारण सरकारले गम्भीर भएर सोच्न जरुरी छ”, साहले भने ।

कप्तान हरिशङ्कर साहले पनि आफ्नो टोली छाडेर गएका खेलाडीहरू रहेको व्यावसायिक आर्मी क्लबसँग प्रतिस्पर्धा गरेर उपाधी उचाल्नु चुनौतिपूर्ण भए पनि बाँकी क्षमतावान खेलाडीको सहारामा प्रतियोगिता जित्नु सिङ्गो मधेश प्रदेशकै गौरवको विषय भएको बताए ।

साहले सामान्य जीविको चलाउन पनि परिवारमै निर्भर हुनुपर्ने, मापदण्डानुसारको खेलमैदानको अभाव, अनुभवी प्रशिक्षक नहुनेजस्ता समस्या समाधानका लागि मुख्यमन्त्रीलाई आग्रह गरे ।

पोखरा रङ्गशालाको क्रिकेट मैदानमा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेस प्रदेशले रु पाँच लाखसहित ट्रफी उचालेको थियो ।


प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?