१४ वैशाख, काठमाडाैँ । राष्ट्रियसभा बैठक सरेको छ । आज आपरह्न १ः०० बजे बस्ने तय भएको बैठक विशेष कारणवश यही वैशाख १५ गते शुक्रबार अपराह्न ४ः०० मा बस्ने गरी सरेको सङ्घीय संसद् सचिवालले जनाएको छ । आज बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने
१४ वैशाख, कञ्चनपुर । कञ्चनपुरमा स्थानीय तहबाटै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिन सुरु गरेका छन् । जिल्लाका नौमध्ये दुई पालिकाले वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति उपलब्ध गराउन सुरु गरेका हुन् । पहिलो पटक बेदकोट नगरपालिकाले वैशाख १ गतेदेखि वैदेशिक रोजगारीका श्रम स्वीकृति दिन सुरु गरेको थियो । नगरपालिकाबाट हालसम्म
१४ वैशाख, विराटनगर । अर्थमन्त्री डा प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमान्दारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिएका छन् । आज विराटनगर पुगेका उनले विराटनगर भन्सार कार्यालयको निरीक्षणपछि भने,“तपाईँहरु राज्यको राजस्व सङ्कलन जस्तो संवेदनशील सेवामा हुनुहुन्छ । कुनै पनि तहमा माथि देखाएर आफ्नो जिम्मेवारीको दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने
१४ वैशाख, एजेन्सी । भारतले सुडानको राजधानी खार्तुम र अन्य भागमा फसेका आफ्ना नागरिकको उद्धारलाई तीव्र गतिमा अघि बाढएको छ । बहत्तरघण्टे युद्धविरामको उपयोग गर्दै सैन्यविमान र युद्धपोत प्रयोग गरेर पाँच सय ३४ जनालाई उद्धार गर्न लागेको हो । राजधानी खार्तुमबाट आठ सय किलोमिटर टाढा रहेको सुडान बन्दरगाहबाट भारतीय जलसेनाको
१४ वैशाख, एजेन्सी । जापानको जनसङ्ख्या सन् २०७० सम्ममा आठ करोड ७० लाखमा झर्ने अनुमान गरिएको छ । यो सन् २०२० को तुलनामा ३० प्रतिशतले कम हुनेछ । ‘नेशनल इन्स्टिच्युट अफ पपुलेसन एण्ड सोसियल सेक्युरिटी रिसर्च’ले सार्वजनिक गरेको प्रक्षेपणअनुसार सन् २०४३ मा कूल जनसङ्ख्याको तीन करोड ९५ लाख ३० हजार जनसङ्ख्या
१४ वैशाख, काठमाडाैँ । सरकारले ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज गरेको छ । सार्वजनिक निर्माणको प्रयोजनका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएका व्यवसायीहरुले नवीकरण नगरेकाले उनीहरुको इजाजतपत्र खारेज गरिएको हो । मन्त्रालयको निर्माण व्यवसाय प्रवद्र्धन शाखाले आज एक सूचना प्रकाशित गरी इजाजतपत्र लिएका व्यवसायीहरुले निर्माण व्यवसाय ऐन, २०५५ को
१४ वैशाख, पोर्चुगल । राहदानी विभाग काठमाडौँको टोलीले युरोपेली मुलुक पोर्चुगलबाट दुई हजार तीन सयभन्दा बढी नेपालीको राहदानीका लागि आवेदन फारम सङ्कलन गरेको छ । राजधानी लिस्बनमा सञ्चालित राहदानी सेवा शिविरबाट टोलीले दुई हजार तीन सय आठ नेपालीको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरेको हो । झण्डै
१४ वैशाख, काठमाडाैँ । ट्राफिक प्रहरीले नक्कली परीक्षार्थी बनेर अर्काको नाममा ट्रायल दिने एक व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौँको दक्षिणढोका ट्रायल सेन्टरमा अर्काको नाममा ट्रायल दिने धादिङका २८ वर्षीय राजेश शाहीलाई आज पक्राउ गरेको हो । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले धादिङका
१४ वैशाख, एजेन्सी । भारतको मध्य छत्तीसगढ राज्यमा बुधबार प्रहरीको गाडीले जमिनमुनि विछ्र्याइएको विस्फोटक पदार्थलाई ठक्कर दिँदा त्यसमा सवार १० जना प्रहरी र गाडी चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त घटनालाई सन् १९६० को दशकमा सुरु भएको माओवादी विद्रोहीको सम्लग्नताको आशंका गरेको छ । भारतमा सन् १९६० देखि
१४ वैशाख, एजेन्सी । जेलेन्स्कीका प्रवक्ता सर्गी नाइकीफोरोभले फेसबुकमा दुई नेताबीच करिब एक घण्टा लामो टेलिफोन संवाद भएको पुष्टि गरेका छन् । चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीका अनुसार सीले जेलेन्स्कीलाई ‘वार्ता र वार्ता’ नै युद्धको ‘निकासको एक मात्र उपाय’ भएको बताएका थिए । “युक्रेन सङ्कटको विषयमा चीन जहिले पनि शान्तिको पक्षमा उभिएको