Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कर्णालीमा डुबेर बेपत्ता भएका एम्बुलेन्स चालकको परिवारलाई आर्थिक सहयोग


८ जेठ, कर्णाली । कर्णाली नदीमा डुबेर बेपत्ता भएका हुम्लाको अदानचुली गाउँपालिकाका एम्बुलेन्स चालक छक्क बुढाको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

अदानचुली गाउँपालिकाका कर्मचारीले बुढाको परिवारलाई आर्थिक सहयोग गरेका हुन् । माछा मार्न जाल हाल्ने क्रममा बिहीबार हुम्ला कर्णालीमा डुबेर बेपत्ता भएका बुढाको परिवारलाई कर्मचारीले रु ४९ हजार तीन सय सङ्कलन गरेर सहयोग गरेका छन् ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाहीका अनुसार सो रकम बुढाकी श्रीमती झलु बुढालाई हस्तान्तरण गरिएको छ । बेपत्ता बुढाका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।


प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?