Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

कर्णालीमा डुबेर बेपत्ता भएका एम्बुलेन्स चालकको परिवारलाई आर्थिक सहयोग


८ जेठ, कर्णाली । कर्णाली नदीमा डुबेर बेपत्ता भएका हुम्लाको अदानचुली गाउँपालिकाका एम्बुलेन्स चालक छक्क बुढाको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

अदानचुली गाउँपालिकाका कर्मचारीले बुढाको परिवारलाई आर्थिक सहयोग गरेका हुन् । माछा मार्न जाल हाल्ने क्रममा बिहीबार हुम्ला कर्णालीमा डुबेर बेपत्ता भएका बुढाको परिवारलाई कर्मचारीले रु ४९ हजार तीन सय सङ्कलन गरेर सहयोग गरेका छन् ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाहीका अनुसार सो रकम बुढाकी श्रीमती झलु बुढालाई हस्तान्तरण गरिएको छ । बेपत्ता बुढाका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।


प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?