Trending
>>   लुम्बिनी लायन्स शिर्षमा >>   नेपालमा क्रिकेटको प्रतिभा देखेर प्रभावित छु, आगामी वर्ष पनि एनपीएल खेल्न आउँछुः आन्द्रे रसेल >>   ‘पत्रकारमाथिको धरपकडमा सरकारको अनुमति थिएन,प्रहरीले पक्राउ गरेको हो’ >>   देशमा जनतालाई चिमोट्ने र सबैलाई आतङ्कित पार्ने विवेकहीन प्रवृत्ति बढ्योः प्रचण्ड >>   अदालतमा हुने मेलमिलापको दर न्युन छः कानून सचिव ढुङ्गाना >>   एमालेका असन्तुष्ट नेता तथा कार्यकर्तालाई एकता प्रक्रियामा आउन माधव नेपालको आह्वान >>   संसद बैठक तत्काल बोलाउन सभामुखसँग काँग्रेस र एमालेको माग >>   न्यायधीशमाथीको महाभियोगबारे सत्तारुढ दलले विपक्षी दलसंग संवाद गर्नुपर्छः आङ्देम्बे >>   रास्वपा नेतृत्वको सरकारले जनअपेक्षाअनुसार काम गरेनः प्रकाशशरण महत >>   फौजदारी कानून आकर्षित हुने विषयमा मेलमिलापको व्यवस्था लागू हुँदैनः सोविता गौतम
Logo
१७ कार्तिक २०८३, मंगलवार
१७ कार्तिक २०८३, मंगलवार

शुक्लाफाँटा आरक्षपीडितको माग सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता


८ जेठ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको शुक्लाफाँटा आरक्षपीडितको माग सम्बोधन गरिने बताएका छन् । उनले जग्गाको सट्टामा जग्गा नै उपलब्ध गराउने र क्षतिपूर्ति दिलाउने आरक्षपीडितलाई विश्वाससमेत दिलाए।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) शुक्लाफाँटा आरक्षपीडितका समस्या, पुनःस्थापना र व्यवस्थापनका विषयमा ध्यानाकर्षण गराउन पुगेको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले यस विषयमा सम्बन्धित निकायलाई आवश्यक निर्देशनसमेत दिएका छन् ।
प्रधानमन्त्री दाहालले चासोपूर्वक समस्या समाधानका लागि पहल गर्ने विश्वास दिलाएको भेटमा सहभागी सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं नेकपा (माओवादी केन्द्र) का नेता ओमविक्रम भाटले जानकारी दिए।

सो अवसरमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउदलगायत कञ्चनपुरका विभिन्न पार्टी सम्बद्ध नेता तथा कार्यकर्ता र आरक्षपीडितको सहभागिता थियो । “प्रधानमन्त्रीले समस्या समाधानका लागि चासो लिएका छन् । आरक्ष प्रभावितको माग सम्बोधन हुने आशा छ”, प्रदेशसभा सदस्य भाटले भने ।


प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?