Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

जेलेन्स्कीसँग भेट नभएकोमा ब्राजिलका राष्ट्रपति लुला दुःखी


८ जेठ, एजेन्सी । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा.सिल्भाले आफू र भोलोदिमिर जेलेन्स्कीबीच आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनमा भेट हुन नसकेकामा आफू ‘दुःखी’ भएको बताएका छन् ।

हिरोशिमामा भएको शिखर सम्मेलनबाट नयाँ कूटनीतिक समर्थन र थप सैन्य सहायताको प्रतिबद्धताका पाएका जेलेन्स्कीले लुलासँग एक्लाएक्लै भेटको माग गरेका थिए ।

दुवै नेताले समय तालिकाको विवादले उनीहरूलाई बैठक गर्नबाट रोकेको बताएका छन् । जेलेन्स्कीले आफ्नो व्यस्थताले ब्राजिलियाली समकक्षीलाई ‘निराश’ बनाएको हुन सक्ने स्वीकारेका छन् ।

लुलाले भने, ‘म निराश थिइनँ तर दुःखी छु किनभने म उनलाई भेट्न र यस विषयमा छलफल गर्न चाहन्थेँ ।’

उनले थने, ‘जेलेन्स्की एक वयस्क व्यक्ति हुन् । उनलाई थाहा छ कि उनले के गरे ।’

लुलाका अनुसार उनको टोलीले आइतबार दिउँसो जेलेन्स्कीसँग बैठक गर्ने कार्यक्रम तय गरेको छ । लुलाले थप्नुभयो, ‘युक्रेनी नेता ढिलो आइपुगेका र त्यसपछिको लागि उनको अरू नै कार्यक्रम तय थियो ।’

शिखर सम्मेलनमा जेलेन्स्कीलाई जी–सेभेनका नेताहरूको ठूलो समर्थन प्राप्त भएको थियो, जसमा लामो समयदेखि अमेरिकाले सहयोग गर्ने भनेको एफ–१६ लडाकु विमानको पहुँचका लागि घोषणा पनि भएको थियो भने अन्य सहयोगी मुलुकबाट पनि लामो दूरीमा हान्न मिल्ने हतियारका लागि प्रतिवद्धता आएको छ ।


प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?