Trending
>>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे
Logo
११ कार्तिक २०८३, बुधबार
११ कार्तिक २०८३, बुधबार

समाचार


प्रधानमन्त्रीसँग शिष्टाचार भेट

८ ,मङ्सिर ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीले शिष्टाचार भेटवार्ता गरेका छन् । त्यस अवसरमा उनिहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । साथै उनिहरुबीच लगानी र श्रम सहयोगबारे

प्रचण्डलाई नजरबन्दमा राख्ने दुर्गा प्रसाईंको चेतावनी

काठमाडौं । दुर्गा प्रसाईले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई नजरबन्दमा राख्ने चेतावनी दिएका छन् । आफ्नै निवासमा सुरक्षाकर्मीले घेराबन्दी गरेपछि दुर्गा प्रसाईले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई नजरबन्दमा राख्ने चेतावनी दिएका छन् । भक्तपुरस्थित आफ्नै निवासबाट पत्रकार सम्मेलन गर्दै प्रसाईले प्रधानमन्त्री प्रचण्डलाई चेतावनी दिएका हुन्। बिहीबार राजधानीको बल्खुमा विरोध प्रदर्शन

दुर्गा प्रसाईंको अराजकतामा एमाले र माओवादीको पनि हिस्सेदारी छ : नैनसिंह महर

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पालनकर्ता भएको र उनले चलाएको अराजकतामा यी दुवै पार्टीको पनि हिस्सेदारी रहेको टिप्पणी गरेका छन्। नेपाली कांग्रेस अर्घाखाँचीको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले राजाका नाममा भइरहेको अराजकताको जिम्मेवार मार्सी चामलको भात

मधेशको मुहार फेर्छु भन्ने नेताले आफ्नो र छोराछोरीको मुहार फेरे : रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेशका नेताहरूलाई काठमाडौंमा घर बनाउने पैसा कहाँबाट आयो भनेर प्रश्न गरेका छन् । शुक्रबार वीरगञ्जमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । उनले जनता साहुको ऋण तिर्न नसकेर छटपटाइरहँदा मधेसका नेताहरू भने हाछ्युँ आउँदा पनि महँगा अस्पतालमा गएर उपचार

५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई पुरस्कार

पाँचथर। धान उत्पादन बढाउन पाँचथरको फाल्गुनन्द गाउँपालिकाले ५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने कार्यक्रम ल्याएको छ । गाउँपालिकाले कृषकलाई पुरस्कृत गर्न ‘धान उत्पादनमा उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८०’ ल्याएको हो । उक्त कार्यविधिअनुसार ५० मुरीदेखि एक सय मुरीसम्म धान उत्पादन गर्ने कृषकले रू ३० हजार पुरस्कार प्राप्त

संसदीय समिति सञ्चालनका लागि बजेट अभाव

काठमाडौं। संसदीय समिति सञ्चालनका लागि साधनस्रोत अपुग भएको भन्दै सांसदहरूले बजेट बढाउन आग्रह गरेका छन् । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको आजको बैठकमा सांसदले आवश्कताअनुसार बजेट प्राप्त नभएको गुनासो गरेका हुन् । उक्त समितिका सभापति जयन्तीदेवी राईले बजेट अभावका कारण समितिअन्तर्गत तय गरिएका वार्षिक कार्यक्रम सञ्चालन गर्न गाह्रो पर्ने गरेको बताए

क्यानडाका लागि प्रस्तावित राजदूत पौडेलविरुद्ध दुई वटा उजुरी

काठमाडौं। क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौडेलविरुद्ध संसदीय सुनुवाइ समितिमा दुई वटा उजुरी परेको छ । एउटा उजुरीमा उनले सरकारी कर्मचारीलाई प्राप्त छात्रवृत्तिमा आफ्नी छोरीलाई पढाएको आरोप लगाइएको छ भने अर्कोमा उनको नैतिकतामाथि प्रश्न उठाइएको छ । त्यस्तै, पौड्यालको संसदीय सुनुवाइ आगामी आइतबार दिउँसो १ बजे गर्ने निर्णय समितिले गरेको

पुस्तक प्रकाशन क्षेत्रलाई उद्योगको मान्यता दिन माग

काठमाडौं। पुस्तक प्रकाशन क्षेत्रलाई उद्योगका रुपमा मान्यता दिन र भन्सार लागत शुल्कमा छुट दिन आग्रह गरिएको छ । यही मङ्सिर ५ गतेदेखि भृकुटीमण्डपमा जारी ‘दक्षिण एशिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ अन्तर्गत आज सञ्चालित अन्तरसंवाद कार्यक्रमका वक्ताले पुस्तक प्रकाशन क्षेत्र प्राज्ञिक र सेवामूलक व्यवसाय भएकाले उद्योगको मान्यता दिइ राज्यबाट आवश्यक सहजीकरण गर्न

पितृ स्मृतिमा मन्दिर र विश्रामस्थल निर्माण

दमक,झापा। गौरादह नगरपालिका–१ का धार्मिक तथा सामाजिक व्यक्तित्व कर्णबहादुर कटुवालले आफ्ना दिवङ्गत मातापिताको स्मृतिमा रु ३२ लाखको लागतमा मन्दिरसहित मलामी विश्रामस्थल घर बनाइदिएका छन् । कटुवालले गौरादह–१ र कमल–१ को सिमानामा पर्ने माथ्लो किस्नी घाटमा रु २१ लाखको लागतमा गोपेश्वर महादेवको मन्दिर र दुई सय बढी मानिस अट्नसक्ने क्षमता भएको

चार महिनामा साढे चार खर्ब नाघ्यो व्यापार घाटा

काठमाडौं। चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिसम्ममा मुलुकको व्यापार घाटा साढे चार खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारसम्बन्धी कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार यो अवधिमा नेपालले कूल रु चार खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३ हजार बराबरको व्यापार घाटा व्यहोरेको हो । त्यस्तै, भन्सार

सम्वन्धित समाचारहरु