Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

पितृ स्मृतिमा मन्दिर र विश्रामस्थल निर्माण


दमक,झापा। गौरादह नगरपालिका–१ का धार्मिक तथा सामाजिक व्यक्तित्व कर्णबहादुर कटुवालले आफ्ना दिवङ्गत मातापिताको स्मृतिमा रु ३२ लाखको लागतमा मन्दिरसहित मलामी विश्रामस्थल घर बनाइदिएका छन् । कटुवालले गौरादह–१ र कमल–१ को सिमानामा पर्ने माथ्लो किस्नी घाटमा रु २१ लाखको लागतमा गोपेश्वर महादेवको मन्दिर र दुई सय बढी मानिस अट्नसक्ने क्षमता भएको मलामी विश्रामस्थलको संरचना बनाएर स्थानीय सरकारलाई हस्तान्तरण गरेका हुन् । उक्त मन्दिरसहितको नवनिर्मित विश्रामस्थलको कोशी प्रदेशका निर्वतमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज उद्घाटन गरे । सो क्षेत्रका प्रदेशसभा सदस्यसमेत रहेका निर्वतमान मुख्यमन्त्री कार्कीले कटुवाल परिवारको सामाजिक देन प्रशंसनीय भएको उल्लेख गरे ।

सो अवसरमा दाता परिवारले ती संरचनाको स्वामित्व माथिल्लो किस्नीघाट संरक्षणको जिम्मेवारी प्राप्त गौरादह–१ नम्बर वडाध्यक्ष नगेन्द्र भण्डारीलाई हस्तान्तरण गरेका थिए । त्यस्तै कार्यक्रममा दानवीर कर्णबहादुर कटुवाललाई सम्मानसमेत गरिएको थियो  । उक्त प्रदेशसभा सदस्य अमर विष्ट, गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी, उपप्रमुख जलवर्षा राजवंशी, निवर्तमान गौरादह नगरप्रमुख रोहित साहलगायत सो क्षेत्रका राजनीतिक, सामाजिक व्यक्तित्वको उल्लेख्य उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?