Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

क्यानडाका लागि प्रस्तावित राजदूत पौडेलविरुद्ध दुई वटा उजुरी


काठमाडौं। क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौडेलविरुद्ध संसदीय सुनुवाइ समितिमा दुई वटा उजुरी परेको छ । एउटा उजुरीमा उनले सरकारी कर्मचारीलाई प्राप्त छात्रवृत्तिमा आफ्नी छोरीलाई पढाएको आरोप लगाइएको छ भने अर्कोमा उनको नैतिकतामाथि प्रश्न उठाइएको छ । त्यस्तै, पौड्यालको संसदीय सुनुवाइ आगामी आइतबार दिउँसो १ बजे गर्ने निर्णय समितिले गरेको छ । त्यस अगाडि समितिले उजुरीकर्तासँग छलफल गर्नेछ भने उजुरीकर्ताको उजुरी र उसको दाबी समेतलाई ख्याल गर्दै संसदीय सुनुवाइ समितिले पौड्यालको सुनुवाइ गर्नेछ ।गत कातिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको प्रोटोकलमा क्याबिनेट मन्त्रीसरह हैसियत र सुविधा पाउने गरी पौडेललाई राजदूत सिफारिस गरेको हो । ‘नेपाल सरकारबाट आउने स्वीट्जरल्याण्डको ‘मास्टर्स अफ एड्भान्स स्टडिज युरोपिएन एण्ड इन्टरनेशनल गभर्नेन्स स्कलरसिप’ कर्मचारीलाई नदिएर आफ्नो छोरी पल्लभी पौड्याललाई दिलाए । निजको छोरी कर्मचारी नभएर विदेशमा पढ्ने विद्यार्थी हुन्’, उजुरीमा उल्लेख छ । उक्त सरकारको सिफारिस प्राप्त भएपछि संसदीय सुनुवाइ समितिले कात्तिक १५ गते क्यानडाका लागि प्रस्तावित राजदुत पौडेलविरुद्ध उजुरी आह्वान गरेको थियो । त्यसक्रममा दुई वटा उजुरी परेका हुन् । आफ्नो छोरीलाई सरकारी कर्मचारीका लागि प्राप्त छात्रवृत्तिमा पढाएको गम्भीर आरोप लगाउँदै उनी राजदूतका लागि योग्य नरहेको दाबी उजुरीमा गरिएको छ ।

त्यसैगरी उजुरीकर्ताको दाबी अनुसार उक्त छात्रवृत्ति अन्तर्गत प्रतिमहिना ६ लाख प्राप्त हुन्छ र छात्रवृत्तिको अवधि दुई वर्षको छ । उजुरीकताले उजुरीमा लेखेका छन्, ‘नेपाल सरकारका कर्मचारीले छात्रवृत्ति पछि फर्केर देशको सेवा गर्न महत्वपूर्ण यो कोर्स दुरुपयोग गरेर यिन९प्रस्तावित राजदुत०ले राष्ट्रघात गरेका छन् ।’ साथै, परराष्ट्र सेवाबाट राजदूत सिफारिस गर्दा सेवा अवधि बाँकी रहेकाहरुलाई अवसर दिइनुपर्नेमा सेवा निवृत्त हुन लागेका व्यक्तिलाई पठाउन खोजिएकाले यसलाई रोक्नुपर्ने अर्को उजुरी छ भने पौडेल २० मंसिरमा सेवानिवृत्त हुँदै थिए । त्यस्तै, सेवानिवृत्त हुनु अगाडि उनको नाम राजदूतका लागि सिफारिस भएको हो ।


प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?