Trending
>>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

क्यानडाका लागि प्रस्तावित राजदूत पौडेलविरुद्ध दुई वटा उजुरी


काठमाडौं। क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौडेलविरुद्ध संसदीय सुनुवाइ समितिमा दुई वटा उजुरी परेको छ । एउटा उजुरीमा उनले सरकारी कर्मचारीलाई प्राप्त छात्रवृत्तिमा आफ्नी छोरीलाई पढाएको आरोप लगाइएको छ भने अर्कोमा उनको नैतिकतामाथि प्रश्न उठाइएको छ । त्यस्तै, पौड्यालको संसदीय सुनुवाइ आगामी आइतबार दिउँसो १ बजे गर्ने निर्णय समितिले गरेको छ । त्यस अगाडि समितिले उजुरीकर्तासँग छलफल गर्नेछ भने उजुरीकर्ताको उजुरी र उसको दाबी समेतलाई ख्याल गर्दै संसदीय सुनुवाइ समितिले पौड्यालको सुनुवाइ गर्नेछ ।गत कातिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको प्रोटोकलमा क्याबिनेट मन्त्रीसरह हैसियत र सुविधा पाउने गरी पौडेललाई राजदूत सिफारिस गरेको हो । ‘नेपाल सरकारबाट आउने स्वीट्जरल्याण्डको ‘मास्टर्स अफ एड्भान्स स्टडिज युरोपिएन एण्ड इन्टरनेशनल गभर्नेन्स स्कलरसिप’ कर्मचारीलाई नदिएर आफ्नो छोरी पल्लभी पौड्याललाई दिलाए । निजको छोरी कर्मचारी नभएर विदेशमा पढ्ने विद्यार्थी हुन्’, उजुरीमा उल्लेख छ । उक्त सरकारको सिफारिस प्राप्त भएपछि संसदीय सुनुवाइ समितिले कात्तिक १५ गते क्यानडाका लागि प्रस्तावित राजदुत पौडेलविरुद्ध उजुरी आह्वान गरेको थियो । त्यसक्रममा दुई वटा उजुरी परेका हुन् । आफ्नो छोरीलाई सरकारी कर्मचारीका लागि प्राप्त छात्रवृत्तिमा पढाएको गम्भीर आरोप लगाउँदै उनी राजदूतका लागि योग्य नरहेको दाबी उजुरीमा गरिएको छ ।

त्यसैगरी उजुरीकर्ताको दाबी अनुसार उक्त छात्रवृत्ति अन्तर्गत प्रतिमहिना ६ लाख प्राप्त हुन्छ र छात्रवृत्तिको अवधि दुई वर्षको छ । उजुरीकताले उजुरीमा लेखेका छन्, ‘नेपाल सरकारका कर्मचारीले छात्रवृत्ति पछि फर्केर देशको सेवा गर्न महत्वपूर्ण यो कोर्स दुरुपयोग गरेर यिन९प्रस्तावित राजदुत०ले राष्ट्रघात गरेका छन् ।’ साथै, परराष्ट्र सेवाबाट राजदूत सिफारिस गर्दा सेवा अवधि बाँकी रहेकाहरुलाई अवसर दिइनुपर्नेमा सेवा निवृत्त हुन लागेका व्यक्तिलाई पठाउन खोजिएकाले यसलाई रोक्नुपर्ने अर्को उजुरी छ भने पौडेल २० मंसिरमा सेवानिवृत्त हुँदै थिए । त्यस्तै, सेवानिवृत्त हुनु अगाडि उनको नाम राजदूतका लागि सिफारिस भएको हो ।


प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?