Trending
>>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते
Logo
२३ पुष २०८२, बुधबार
२३ पुष २०८२, बुधबार

मधेशको मुहार फेर्छु भन्ने नेताले आफ्नो र छोराछोरीको मुहार फेरे : रवि लामिछाने


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेशका नेताहरूलाई काठमाडौंमा घर बनाउने पैसा कहाँबाट आयो भनेर प्रश्न गरेका छन् । शुक्रबार वीरगञ्जमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । उनले जनता साहुको ऋण तिर्न नसकेर छटपटाइरहँदा मधेसका नेताहरू भने हाछ्युँ आउँदा पनि महँगा अस्पतालमा गएर उपचार गराउने गरेको बताए । त्यस्तै, मधेशको मुहार फेर्छु भन्ने मधेसका नेताले आफ्नो र छोराछोरीको मुहार फेरेको तर जनताको मुहार फेर्न भने नसकेको लामिछानेको भनाइ थियो । रास्वपाले एक पटक बहुमतको सरकार बनाउन पाए संसारको जुनसुकै कुनामा लुकाएको कालोधनलाई बाहिर ल्याएर छाडने दाबीसमेत उनले गरेका छन् ।

‘आफूलाई खुंखार मधेशवादी भन्नेहरू आज आफूलाई हाछ्युँ आउँदा पनि देशको महँगा अस्पतालमा कसको पैसाले उपचार गराउँछन् मलाई थाहा छैन,’ उनले भने, ‘कहाँबाट आएको पैसाले काठमाडौंमा पनि आफ्नो र लुकाइलुकाइ आफन्तको नाममा र विदेशमा समेत घर जग्गा व्यापार व्यवसाय कसरी जोडेका छन् मलाई थाहा छैन, तर मधेशका जनता आज छोराछोरीलाई गुणस्तरीय शिक्षा दिन नसकेर साहुको ऋण तिर्न नसकेर छटपटाइरहेका छन्

 


प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?