Trending
>>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान >>   अध्यादेशमार्फत मृत्यु घोषणा र दर्ताका लागि कानून संशोधन गर्दैछौँः कानूनमन्त्री गौतम >>   महामन्त्री पदका लागि सुनिल शर्माको उम्मेदवारी >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशनः नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरु >>   वागमतीमा उज्यालो नेपाल पार्टीको सरकार बन्छ:कुलमान घिसिङ >>   ‘विपद् प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज र राहत प्याकेजको माग’ >>   राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढायो, के–केमा भयो परिवर्तन ? >>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

मधेशको मुहार फेर्छु भन्ने नेताले आफ्नो र छोराछोरीको मुहार फेरे : रवि लामिछाने


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेशका नेताहरूलाई काठमाडौंमा घर बनाउने पैसा कहाँबाट आयो भनेर प्रश्न गरेका छन् । शुक्रबार वीरगञ्जमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । उनले जनता साहुको ऋण तिर्न नसकेर छटपटाइरहँदा मधेसका नेताहरू भने हाछ्युँ आउँदा पनि महँगा अस्पतालमा गएर उपचार गराउने गरेको बताए । त्यस्तै, मधेशको मुहार फेर्छु भन्ने मधेसका नेताले आफ्नो र छोराछोरीको मुहार फेरेको तर जनताको मुहार फेर्न भने नसकेको लामिछानेको भनाइ थियो । रास्वपाले एक पटक बहुमतको सरकार बनाउन पाए संसारको जुनसुकै कुनामा लुकाएको कालोधनलाई बाहिर ल्याएर छाडने दाबीसमेत उनले गरेका छन् ।

‘आफूलाई खुंखार मधेशवादी भन्नेहरू आज आफूलाई हाछ्युँ आउँदा पनि देशको महँगा अस्पतालमा कसको पैसाले उपचार गराउँछन् मलाई थाहा छैन,’ उनले भने, ‘कहाँबाट आएको पैसाले काठमाडौंमा पनि आफ्नो र लुकाइलुकाइ आफन्तको नाममा र विदेशमा समेत घर जग्गा व्यापार व्यवसाय कसरी जोडेका छन् मलाई थाहा छैन, तर मधेशका जनता आज छोराछोरीलाई गुणस्तरीय शिक्षा दिन नसकेर साहुको ऋण तिर्न नसकेर छटपटाइरहेका छन्

 


प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?