Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

समाचार


रास्वपाले अवरोध गरेपछि संसद् बैठक स्थगित

१२ असार, काठमाडाैँ । प्रतिनिधि सभा बैठक केही समयका लागि स्थगित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो । रास्वपाका सांसदहरूले जिल्ला निर्वाचन कार्यालय खारेजको निर्णय स्वीकार्य नहुने भन्दै बैठक अवरुद्ध पारेका थिए । रास्वपालाई नेकपा (एमाले)का सांसदले पनि साथ दिएका थिए

पाकिस्तानमा प्रि–मनसुन वर्षाका कारण १४ जनाको मृत्यु, ६ घाइते

१२ असार, एजेन्सी । पाकिस्तानका विभिन्न क्षेत्रमा गत २४ घण्टामा भएको वर्षाका कारण दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ । साथै अन्य ६ जना घाइते भएको पनि अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । पूर्वी पञ्जाब प्रान्तको नारोवाल जिल्लाका उपायुक्त मुहम्मद अशरफले सिन्ह्वालाई बताएअनुसार आइतबार राति आँधीको समयमा जिल्लामा चट्याङका

युरोपेली संघद्वारा युक्रेनलाई सैन्य सहायताका लागि ३ अर्ब युरो विनियोजन

१२ असार, एजेन्सी । युरोपेली संघ काउन्सिलले ईयु विदेश मन्त्रीहरूले युक्रेनलाई हतियार आपूर्तिका लागि पैसा छुट्याएको उल्लेख गरेको रुसी समाचार एजेन्सी तासले जनाएको छ। लक्जेम्बर्गमा भएको बैठकपछि ईयुका २७ सदस्य राष्ट्रका विदेश मन्त्रीहरूले युरोपेली शान्ति सुविधामा ३.५ बिलियन युरोको बजेट बढाएर अनुमोदन गरेका छन् । साथै ब्रसेल्सले युक्रेनलाई हतियार आपूर्तिको लागि

बसुन्धरामा फेला फरेको शङ्कास्पद वस्तु सेनाद्वारा निष्क्रिय

१२ असार, काठमाडाैँ । काठमाडौँको बसुन्धरामा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोली निष्क्रिय पारेको छ । शङ्कास्पद वस्तु फेला परेपछि केहीबेर उक्त क्षेत्रमा यातायात अवरोध भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बसुन्धरामा भेटिएको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको जानकारी दिए । उक्त

ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरूङ पक्राउ

१२ असार, काठमाडाैँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । उनको निवास नक्सालबाटै उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । उनलाई ललिता निवास प्रकरणका लागि अनुसन्धान गर्न पक्राउ गरिएको बताइएको छ । उनीमाथि ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणको आरोप

यात्रुको स्वागत र बिदाईका लागि एयरपोर्टमा ३ जना मात्रै जान पाइने

१२ असार, काठमाडाैँ । यात्रुको स्वागत र बिदाईको लागि तीन जना मात्रै जान पाउने भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानिसहरूको भिडभाड अत्यधिक भएपछि विमानस्थलले यस्तो निर्णय गरेको हो । पछिल्लो समय विदेश जाने तथा आउने व्यक्तिहरूको संख्या बढ्दै जाँदा विमानस्थल परिसरमा भिडभाड बढिरहेको छ ।

१३ तले आवासीय भवन भत्किँदा कम्तीमा ४ जना घाइते

१२ असार, एजेन्सी । इजिप्टको तटीय शहर अलेक्जान्ड्रियामा सोमबार एउटा १३ तले आवासीय भवन भत्किँदा कम्तिमा चार जना घाइते भएको बताइएको छ । त्यसैगरी दुर्घटनामा अरु थुप्रै भग्नावशेषमुनि फसेका छन् । उद्धार टोलीहरू भग्नावशेष हटाउन र जीवित व्यक्तिहरूको खोजी गर्न घटनास्थलमा पुगिसकेको अलेक्जान्ड्रियाका गभर्नर मोहम्मद ताहेरले राज्य सञ्चालित नाइल टिभीलाई बताएका

जसपाको विधान अधिवेशन : पार्टी अध्यक्ष यादवले आज जवाफ दिँदै

१२ असार, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आज समापन हुने भएको छ । यही असार १० गते आइतबारदेखि सुरु भएको विधान अधिवेशन पूर्ववत् तालिकाअनुसार समापन हुन लागेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार आजको बैठकमा मस्यौदा विधानमाथि समूहगत छलफलमा

राप्रपाका सबै नेताहरूलाई भूगोल केन्द्रित जिम्मेवारी दिइने

१२ असार, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सबै नेताहरूलाई भूगोल केन्द्रित जिम्मेवारी प्रदान गरी सात सय ५३ स्थानीय तहमा खटाउने निर्णय गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनको अध्यक्षतामा धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रदेश संयोजकको व्यवस्था गर्नुका साथै सबै प्रदेश संयोजक तथा भूगोल केन्द्रित

टर्कीका राष्ट्रपति एर्दोगानले स्वीडेनलाई नाटो सदस्यताका लागि पीकेके गतिविधि अन्त्य गर्न आग्रह

१२ असार, एजेन्सी । टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आइतबार स्वीडेनलाई प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) का समर्थकहरूले स्टकहोममा भएको प्रदर्शनलाई रोक्न आग्रह गरेका छन् । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गसँग आइतबार फोन वार्तामा एर्डोगानले आफ्नो देशले स्वीडेनको गठबन्धनमा सामेल हुने निर्णयप्रति आफ्नो "रचनात्मक दृष्टिकोण" जारी राखेको बताएका छन् । एर्दोगानले

सम्वन्धित समाचारहरु