Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

राप्रपाका सबै नेताहरूलाई भूगोल केन्द्रित जिम्मेवारी दिइने


१२ असार, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सबै नेताहरूलाई भूगोल केन्द्रित जिम्मेवारी प्रदान गरी सात सय ५३ स्थानीय तहमा खटाउने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनको अध्यक्षतामा धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रदेश संयोजकको व्यवस्था गर्नुका साथै सबै प्रदेश संयोजक तथा भूगोल केन्द्रित नेताको जिम्मेवारीलाई छ महिनाको समयसीमा निर्धारण गरेको केन्द्रीय सदस्य सरस्वती अधिकारीले जानकारी दिए । गत जेठमा सम्पन्न केन्द्रीय कार्यसमितिको निर्णयलाई पारित गरेको बैठकले भूगोलमा जाने नेताहरुले वडा तहबाटै सङ्गठन गठन, पुनःगठनलगायत तोकिएका कामहरु सम्पन्न गर्नुपर्ने जिम्मेवारी प्रदान गरेको छ ।

आइतबारदेखि सुरु भएको बैठकमा छलफल नसकिएकाले आजसम्म सञ्चालन भएको बैठकमा ‘राप्रपा : अब नवीन राप्रपा’ सम्बन्धी कार्ययोजनालाई थप व्याख्या तथा विस्तृत कार्यक्रमको रुपमा लागू गर्नका लागि आवश्यक छलफल गरिएको थियो । पार्टी गतिशील बनाउन सो कार्ययोजना ल्याइएको बैठकमा बजेट अधिवेशन, पार्टीको सङ्गठन सुदृढीकरण, कृयाशील सदस्य वितरण, समसामयिक राजनीतिक परिस्थितिलगायत विषयमा पनि थप छलफल गरिएको थियो ।


प्रकाशित मिति: १२ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?