Trending
>>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

१३ तले आवासीय भवन भत्किँदा कम्तीमा ४ जना घाइते


१२ असार, एजेन्सी । इजिप्टको तटीय शहर अलेक्जान्ड्रियामा सोमबार एउटा १३ तले आवासीय भवन भत्किँदा कम्तिमा चार जना घाइते भएको बताइएको छ । त्यसैगरी दुर्घटनामा अरु थुप्रै भग्नावशेषमुनि फसेका छन् ।

उद्धार टोलीहरू भग्नावशेष हटाउन र जीवित व्यक्तिहरूको खोजी गर्न घटनास्थलमा पुगिसकेको अलेक्जान्ड्रियाका गभर्नर मोहम्मद ताहेरले राज्य सञ्चालित नाइल टिभीलाई बताएका छन् ।

सो भवनमा सामान्यतया गर्मीको समयमा छुट्टी मनाउनेहरू जानेर गर्दछन् । गभर्नरले भवन जीर्ण भएको र माथिल्लो तलालाई सुरक्षाका कारण भत्काउन आवश्यक रहेको र पूरै भवन परीक्षणको प्रक्रियामा रहेको पनि बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका अधिकारीले नाइल टिभीलाई बताएअनुसार घाइतेहरूलाई नजिकैका सरकारी अस्पतालहरूमा पुर्याउँन १० वटा एम्बुलेन्स पठाइएको थियो।

बेपत्ताहरुको यकिन सङ्ख्या भने थाहा हुन सकेको छैन । भवन भत्किएपछि आगलागी भएकाले नजिकैका दुईवटा भवन खाली गराइएको छ ।


प्रकाशित मिति: १२ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?