Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

समाचार


शेयर बजार २७ अङ्कले बढ्यो

काठमाडौं। शेयर बजार आज बुधवार २७ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ९० अङ्कले बढेर दुई हजार ५८ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर उकालो लागेकोमा जलविद्युत्, होटेल तथा पर्यटन र लगानी समूहको शेयर उच्च अङ्कले बढेको छ । आज सात वटा कम्पनीका

भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट, नेपालमा सजकता अपनाउन आग्रह

काठमाडौं। छिमेकी मुलुकमा भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट देखापरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा सजकता अपनाउन आग्रह गरेको छ । भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट जेएन–१ फैलिरहेकाले नेपालमा पनि फैलिनसक्ने भएकाले मन्त्रालयले सजकता अपनाउन आग्रह गरेको हो । उक्त मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले भीडभाड हुने स्थान जस्तै

काभ्रेमा ‘ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ सुरु

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सुरु गरेको छ । पनौती स्वास्थ्य चौकी, बल्थली स्वास्थ्य चौकी र मल्पी स्वास्थ्य चौकीले संयुक्तरूपमा मङ्गलबारदेखि सुरु गरेको कार्यक्रम निरन्तर वडाको टोलटोलमा ७० वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसँगै ल्याब परीक्षणसमेत गर्ने योजना रहेको जनाइएको छ । त्यसैगरी, पनौती नगरका १२

मुस्ताङका किसानलाई याक वितरण

म्याग्दी। नश्ल सुधारका लागि मुस्ताङका किसानलाई याक वितरण गरिएको छ । गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयअन्तर्गतको पशु तथा मत्स्य विकास निर्देशनालयले १० याक वितरण गरेको हो । सोलुखुम्बुको स्याङबोचेमा रहेको याक आनुवांशिक स्रोत केन्द्रबाट खरिद गरेर ल्याइएका याक मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले

नवप्रवर्तनमुखी कृषि प्रणालीको खाँचो छः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समृद्धिका लागि नवप्रवर्तनमुखी कृषि प्रणालीको खाँचो औँल्याएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज भएको ‘दिगो विकासको वर्तमान अवस्था र भविष्य’ विषयक कार्यक्रममा उनले परम्परागत ढङ्गको कृषि प्रणालीबाट मुलुकको समृद्धि सम्भव नभएको बताएका छन् । त्यस्तै, वर्तमान सरकार कृषिलाई मुख्य आधार बनाएर समृद्धिको यात्रामा होमिएको

शिक्षा सुधारको माग गर्दै नेविसंघले मन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौं। नेपाल विद्यार्थी संघले समग्र शिक्षा प्रणालीको सुधार र विश्वविद्यालयहरूमा भइरहेको राजनीतिकरण अन्त्य गर्न माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई ज्ञापनपत्र बुझाएको छ । बुधबार नेविसंघका नेता कार्यकर्ताहरू सिंहदरवार पुगेर विश्वविद्यालयमा दलीयकरणको अन्त्य तथा खुल्ला प्रतिस्पर्धावाट मेरिटोक्रेसी र प्राज्ञिक दक्षताका आधारमा पदाधिकारी नियुक्तसहित समग्र शिक्षा क्षेत्रको सुधार गर्न

उच्च अदालतका १६ न्यायाधीशको सरुवा (नामावलीसहित):-

काठमाडौं। उच्च अदालतका १६ जना न्यायाधीशको सरुवा गरिएको छ । बुधबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका १६ जना न्यायाधीशको सरुवा गरेको हो ।  

शिक्षकलाई स्थानीय तह मातहतमा नराख्न संविधान संशोधन गर्नुपर्छः महासंघ

काठमाडौं। नेपाल शिक्षक महासंघले शिक्षकहरूलाई स्थानीय तहको मातहतमा नराख्ने गरी संविधान नै संशोधन गर्न माग गरेको छ । बुधवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकको सम्बन्धमा कुरा राख्दै नेपाल शिक्षक महासंघले शिक्षकहरूलाई स्थानीय तह मातहतमा नराख्ने गरी संविधान नै संशोधन गर्नु आवश्यक रहेको बताएको हो ।

एमडीएमएस खरिदमा अर्बौँको अनियमितता: पूर्वपदाधिकारी र कर्मचारीहरूको संलग्नता पुष्टी !

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले जडान गर्ने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमस) खरिदमा दर्जनौँ अनियमितता भेटिएका छन् । त्यस्तै, चोरी र भन्सार छली गरेर ल्याइएको मोबाइलहरूमाथि स्वचालित रूपमा प्रतिबन्ध लगाउने प्रयोजनले नेपाल दूरसञ्चार प्राधिकरणले जडान गर्ने सो सिस्टम खरिदमा अनियमितता भेटिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको प्राविधिक पक्षसहितको

मध्यवर्ती क्षेत्रका जनताको समस्या बुझ्दै प्राकृतिक स्रोत समिति

राँझा,बाँके। बाँके र बर्दियामा निकुञ्जको मध्यवर्ती क्षेत्रका जनताले भोग्नुपरेको समस्या बुझ्न प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको टोली खटिएको छ । प्राकृतिक स्रोत समितिले निकुञ्ज मध्यवर्ती क्षेत्रका जनता, जनप्रतिनिधिलगायत सरोकारवालासँग बुधबार बाँके र बिहीबार बर्दियामा छलफल गर्ने भएको छ । त्यस्तै, मध्यवर्ती क्षेत्रमा बसोबास गर्दै आएका जनताले जङ्गली जनावरलगायत

सम्वन्धित समाचारहरु