Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

प्रिबजेट छलफलबारे सांसदलाई प्रशिक्षण दिँदै माओवादी


काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आगामी आर्थिक वर्षको लागि बजेटका सिद्धान्त र प्राथमिकताका (प्रिबजेट) बारे संसदमा छलफल गर्नुपूर्व पार्टीका सांसदहरूलाई प्रशिक्षण दिने भएको छ ।

मंगलबार सिंहदरवारमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले बजेटका सिद्धान्त र प्राथमिकताकारबारे संसदमा छलफल गर्नुपूर्व सांसदहरूलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको बताएका छन् ।
‘सरकारले यही अधिवेशनमा सरकारको बजेटका सिद्धान्त र प्राथमिकताकारबारे छलफल गराउँदै छ । त्यो छलफल गर्नुभन्दा अघि नै हाम्रो दलका सबै मान्य सदस्यहरूलाई त्यसको बारेमा राम्रो स्पष्ट बनाउनका लागि अन्तर्क्रियासहितको प्रशिक्षण कार्यक्रम छन् । फागुनको १४ भन्दाअघि नै सम्पन्न गर्ने निर्णय गरेको छ’ उनले भने ।


प्रकाशित मिति: २३ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?