Trending
>>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

पदयात्रा पर्यटनलाई उत्पादनसँग जोड्नुपर्ने


गण्डकी। सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) सँग जोडिएका स्थानका सर्वसाधारणलाई उत्पादनमार्फत पर्यटनसँग जोडिनुपर्ने आवश्यकता औँल्याइएको छ । मिलेनियम ट्रेक व्यवस्थापन समितिको आयोजनमा पदमार्ग क्षेत्रका बासिन्दा, जनप्रतिनिधि एवं घरबास सञ्चालकबीच आज पोखरामा गरिएको अन्तक्रियामा सहभागी वक्ताले पदयात्रा पर्यटन प्रवद्र्धनसँगै उत्पादनसँग जोड्न सके अधिकतम लाभ लिन सकिने बताए ।
तनहुँको दुलेगौडादेखि स्याङ्जाको रामबाछा जोडिने पदमार्गलाई पुनःनक्साङ्कन गरी पोखरा महानगरसहितका क्षेत्र समेटिएसँगै सम्बद्ध क्षेत्रका जनप्रतिनिधि, घरबास सञ्चालकसहित अन्तक्रिया गरिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए । पछिल्लो समयमा नेपालको एकमात्र मध्यपहाडी क्षेत्रको सहश्राब्दी पदमार्गमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बढिरहेको बताउँदै उनले पदमार्ग क्षेत्रका बासिन्दाले यसबाट अधिकतम लाभ लिन कृषिजन्य उत्पादनसँग जोडिनुको विकल्प नभएको बताएका छन् ।
स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले सहश्राब्दी पदमार्गलाई कृषि र पर्यटनसँग जोड्नुपर्नेमा जोड दिए । उक्त पदयात्रा पर्यटनको विकाससँगै उत्पादित बस्तुको बजार सहज हुने बताउँदै उनले यसको अधिकतम उपयोगका लागि उत्पादनसँग जोडिनुको विकल्प नहुने धारणा समेत व्यक्त गरे ।
पर्यटन विज्ञ डा. श्रीकान्त खतिवडा, पृथ्वीनारायण क्याम्पस भूूगोल विभाग प्रमुख नरेश पौडेल तथा सहप्राध्यापक एवं पुनःनक्साङ्कन उपसमिति संयोजक डा रामजी पोख्रेल, मिलेनियम ट्रेक व्यवस्थापन समितिका उपाध्यक्ष थमबहादुर आलेलगायतले पदमार्ग क्षेत्रका बासिन्दाले उत्पादनमार्फत आयआर्जन गरी लाभान्वित हुनसक्नेमा जोड दिए ।
सन् २००० देखि सञ्चालनमा आएको यस पदमार्ग कोरोना सङ्क्रमणका  समयमा सुस्ताए पनि पछिल्ला समयमा स्वदेशी एवं विदेशी पर्यटकको बढ्दो आकर्षणले आफूहरू उत्साहित बनेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य बालकुमार गुरुङले बताएका छन्।

प्रकाशित मिति: २३ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?