Trending
>>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

फर्स्टलुकमा यस्तो देखियो विपिनको ‘ऊनको स्वीटर’


काठमाडौं। विपिन कार्की र मिरुना लिसरा मगरको मुख्य भुमिका रहने फिल्मको फर्स्टलुक सार्वजनिक भएको छ । थुप्रै म्युजिकल फिल्म निर्माण गरेर लोकप्रियता हासिल गरेको आर्टमाण्डुले केही अगाडि निर्माण घोषणा गरेको फिल्म हो ‘ऊनको स्वीटर’। निर्माण युनिटले फिल्मको छायाङ्कन अगाडि फर्स्टलुक ल्याएको हो ।

सार्वजनिक फर्स्टलुकमा ऊनको स्वीटर लगाएर फोटो खिच्नलाई पोज दिइरहेका विपिन र परम्परागत पहिरनमा मिरुना लिसरा मगर देखिएका छन् भने सो फिल्म नवीन चौहानले निर्देशन गर्न लागेका हुन् । आर्टमाण्डुले पहिलो पटक फिचर फिल्म निर्माण गर्न लागेको हो ।

उक्त फिल्ममा विपिन र मिरुना लिसराको अलवा एलेक्स विश्वकर्मा, मिलन खत्री र माओत्से गुरुङको मुख्य भूमिका रहनेछ भने आगामी दसैँमा रिलिज हुने बताइएको फिल्म इलाम र पाँचथरमा छायाङ्कन हुनेछ । निर्माण युनिट फिल्मको छायाङ्कनमा छिट्टै निस्कने तयारी गर्दैछ ।

 


प्रकाशित मिति: २३ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?