काठमाडौं। टी-२० त्रिदेशीय क्रिकेट शृङ्खलाको दोस्रो खेलमा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै छन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहान ११ः३० बजेदेखि शुरु हुनेछ । हिजोको खेलमा नामिबियाले दिएको २ सय ७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १८ ओभर ५ बलमा अलआउट हुँदै १ सय ८६ रन मात्र बनाउन सक्यो
बनियानी,झापा। झापामा तीन लाखभन्दा बढी बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइने भएको छ । दादुरा-रुबेला खोप अभियानअन्तर्गत जिल्लामा यही फागुन १७ गतेदेखि चैत ४ गतेसम्म नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइने भएको हो । स्वास्थ्य कार्यालय झापाले आज बिर्तामोडमा दादुरा-रुबेला खोप अभियानका बारेमा सञ्चारकर्मीसँग अभिमुखीकरण गोष्ठीसमेत गरेको छ भने स्वास्थ्य कार्यालय
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३४ पैसा र बिक्री दर १३२ रुपैयाँ
ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमै उच्च तलब दिने रोजगारी सिर्जना गर्नका लागि उपयुक्त वातावरण बनाउनुपर्ने बताएका छन् । नेपाल इञ्जिनियर्स एसोसियसन, इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको संयुक्त आयोजना र के एण्ड ए इञ्जिनियरिङ कन्सल्टिङको समन्वयमा आयोजित ‘नेपालमा इञ्जिनियरका लागि रोजगारीको अवसर’ विषक अन्तरक्रियामा बोल्दै थापाले धेरै तलब
सुर्खेत। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन समयमै नबन्दा विरोधीहरुले प्रश्न गर्ने मौका पाएको बताउनुभएको छ । संविधान जारी भएको आठ वर्षसम्म पनि आवश्यक कानुन नबन्दा संघीयतामाथि प्रश्न गर्नेहरुले मौका पाइरहेको बताउँदै उहाँले अब चाँडै आवश्यक कानुन बनाएर संघीयता कार्यान्वयनमा लैजान सरकार क्रियाशिल रहेको उल्लेख गरेका
विरगञ्ज । नेशनल मेडिकल कलेजले रौतहटको दुर्गा भगवती गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । फागुन ९ र १० गते दुई दिनसम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट १६ सय सर्वसाधारण लाभान्वित भएका छन् । दुर्गा भगवती गाउँपालिकाको प्राङ्गणमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा कार्डियोलोजी, कार्डियो–भास्कुलर, न्यूरो सर्जरी सम्बन्धी सेवाहरु दिइएको
काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आउँदो लगानी सम्मेलनमा प्रस्तुत गर्ने सूचना प्रविधि क्षेत्रका परियोजना तयारी गर्न निजी क्षेत्रलाई आग्रह गरेकी छिन । नेपाल उद्योग परिसंघको सूचना प्रविधि परिषद्, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र नेपाल एशोसियशन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेज कम्पनीजका पदाधिकारीसँगको भेटमा उनले यस्तो बताएकी
काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउदले गैरकानुनी रुपमा गएका भए पनि रुसी सेनामा भर्ना भएका नेपाली नागरिकका प्रति राज्यको दायित्व रहेको बताएका छन् । रुसी सेनामा भर्ना भएका नेपालीहरुका आफन्तसँग मंगलबार मन्त्रालयमा भएको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उनले भने ‘लिगल्ली गएको भए हुन्थ्यो। इल्लिगल्ली गएका छन्। जसरी गएका भए
बारा। अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विवादमा हालसम्म सात सय ७९ वटा उजुरीमा मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । विसं २०८० वैशाख १७ गतेदेखि जिल्ला प्रशासन कार्यालयमार्फत अनुचित लेनदेनसम्बन्धी उजुरी लिन सुरु गरिएको थियो भने तीन हजार तीन सय २२ वटा उजुरी दर्ता भएका थिए । उक्त जिल्ला
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । जसपाले मिटरब्याज पीडितहरुले भृकुटीमण्डबाट सुरु गर्न लागेको मार्चपासमा सहभागी भएर उनीहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन लागेको हो । उक्त पार्टीका कार्यकारिणी समिति सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठको नेतृत्वमा पार्टीका नेता, कार्यकर्ताहरु ऐक्यबद्धता जनाउन आन्दोलनमा सहभागी हुन