हामिले सुन्ने प्राय कुरा”पहिलाका बुढाबुढी त यति बर्ष बाच्थे , हामी त ५० बर्ष पनि बाच्दैनौ ” के यो कुरा सत्य हो त के पहिला भन्दा मानिसको आयु घट्दै गएको छ त यसको उत्तर दिने कोसिस गरेको छु ।
यसमा केही प्रतिशत सत्यता होला , पहिला अर्घानिक खाना खान्थे तर अहिले पुरै बिषाधी युक्त खाना र मसालेदार खाना ले हाम्रो स्वास्थ्यमा प्रतिकुल असर परिरहेको छ । यसको मतलब यो हैन कि पहिला को औषत आयु अहिलेको भन्दा बढी थियो भन्ने ।
वास्तबमा चिकित्सा क्षेत्रमा भएको अनुसन्धान को कारण नै अहिले मानिसको औषत आयु पहिले को भन्दा बढी रहेको छ । पहिले 6 , 7 ओटा बच्चा जन्माउदा 3,4 जना मुस्किल ले बाच्थे , कुनै रोग लाग्यो भने प्राकृतिक चिकित्साको मात्रै भर पर्नु पर्दथ्यो तर अहिले शिशु मृत्युदर शून्य जस्तै नै छ भने रोग लाग्दैमा मरिन्छ भन्ने छैन । त्यसैले मानिसको औषत आयु बढी रहेको छ अझ वैज्ञानिक हरु मानिस भविस्यमा अमर हुन पनि सक्ने पनि सम्भावना रहेको बताउछन । अहिले मानिस मृत्युको नया कारण हरु थपिएका छन ती हुन , खाना नपाएर भन्दा अहिले मानिस धेरै खाएर मान्छे मरिरहेका छन भने युद्ध र अपराध बाट भन्दा धेरै मानिस ले आत्महत्या गरिरहेका छन ।
प्रकाशित मिति: ३० बैशाख २०८१, आईतवार