Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

टोलटोलमा सरकार भेटिने बनाउन स्थानीय संघसंस्थाहरुलाई सक्रिय बनाउँदै वडा नं. १५


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १५ स्वयम्भूले, वडामा रहेको सरकारलाई टोलमा प्राप्त गर्न सकिने बनाउन कार्यक्रम थालेको छ । स्थानीय आवश्यकता पूरा गराउन समाज स्तरमै सम्पादन गर्न सकिने काममा टोलबासीको सक्रियता बढाएर नागरिकको आँगनमा सरकार पुर्‍याउने वडाको योजना हो ।

योजनाको पहिलो चरणमा संघसंस्थाका प्रतिनिधि र सामाजिक अगुवाहरुका लागि अभिमुखीकरण थालेको छ । यस क्रममा संघसंस्थाका प्रतिनिधि र सामाजिक अगुवाहरुलाई वडाबाट संकलन गरिने राजस्व, प्रवाह हुने सेवाका कानुनी तथा प्रशासनिक पक्षमा जानकारी दिइएको हो ।

स्थानीय विकासका लागि योजना, बजेट तथा कार्यक्रम माग गर्ने, माग गरिएको कार्यक्रम गर्ने प्रक्रिया, स्वीकृत कार्यक्रम कार्यान्वयनका चरण, कार्य सम्पन्न हुने चरण, यसपछि भुक्तानीको प्रक्रियासँग सम्बन्धित कानुनी व्यवस्था र प्रशासनिक प्रक्रियाका बारेमा जानकारी गराइएको छ । संस्थासँग सम्बन्धित कागजात, कामसँग सम्बन्धित कागजातसँगै सम्पन्न कामको दिगो उपयोगका विषयमा कार्यक्रममा समेटिएका थिए ।


प्रकाशित मिति: ३१ बैशाख २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?