१३ भदाै, चितवन । लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न बाध्यभएका अण्डा उत्पादक किसानले लागत मूल्य पाउन थालेका छन् । अण्डाको बजार मूल्य बढेसँगै उनीहरुलाई केही राहत मिलेको हो । दुई महिना अघि मूल्य बढेपनि गत साउन महिनामा खपत कम भएकाले तोकिएको मूल्य किसानले पाउन सकेका थिएनन् । नेपाल लेयर्स
१३ भदौ, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नक्कली बुबा बनाई नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराजगञ्ज मधवलिययाका १९ वर्षीय राहुल कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए । पक्राउ परेका कुर्मी
तनहुँ, १३ भदौ । नेपाल सरकार, मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) द्वारा सञ्चालित चार सय केभी विद्युत् प्रसारण आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । उक्त आयोजनाअन्तर्गत रातमाटेदेखि नयाँ दमौली सबस्टेसन र नयाँ दमौली सबस्टेसनदेखि नयाँ बुटवल सबस्टेसन खण्डमा पर्ने तनहुँका विभिन्न स्थानीय तहका जग्गा
१३ भदौ, जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिका–४ स्थित बारेमा रहेको धार्मिक तीर्थस्थल केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा गाउँपालिकाका लागिपरेको छ । सो तीर्थस्थललाई जिल्लाबाहिर परिचित गराई यसको आध्यात्मिक र सांस्कृतिक महत्वका बारेमा जानकारी दिन सो गाउँपालिकाले महोत्सवको आयोजना पनि गरेको छ । आन्तरिक तथा बाह्र पर्यटन प्रवद्र्धन गर्नाका साथै केदारनाथको
१३ भदाै, काठमाडाैँ । सभामुख देवराज घिमिरे र संसदीय समितिका सभापतिहरुबीच छलफल सुरु भएको छ । बुधबार सिंहदरबारमा सभामुख घिमिरे र नवनिर्वाचित संसदीय समितिका सभापतिहरुसँग छलफल सुरु भएको हो । बैठकमा समितिका कामकारबाहीका विषयमा छलफल हुनुका साथै समितिमा विचाराधीन विधेयकहरुका सम्बन्धमा छलफल हुने बताइएको छ । भदौ ११ गते प्रतिनिधिसभाको १०
१३ भदौ, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ स्थित मझगाउँ विमानस्थलको निर्माण सुस्तगतिमा भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको उक्त विमानस्थलको अहिलेसम्म २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । जग्गाको भोगाधिकार विवाद र निर्माण सामग्रीको अभावले विमानस्थल निर्माण सुस्तगतिमा भएको विमानस्थल आयोजनाका इन्जिनियर अङ्कित
१३ भदाै, सप्तरी । सप्तरीको राजविराजमा सालनालसहितको नवजात शिशु मृत फेला परेको छ । राजविराज–हनुमानगर सडक खण्डअन्तर्गत भलुवाही खोलामा नवजात शिशु छोरा मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएको हाे । बुधबार बिहान भलुवाही पुलमुनि सालनालसहितको शिशुलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको जिल्ला
१३ भदौ, काठमाडाैँ । यस वर्षको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्व धर्मशास्त्र, संस्कृति र परम्पराअनुसार यही भदौ १४ गते बिहीबार नै मनाउनुपर्नेमा धर्मशास्त्रविद्हरुले जोड दिएका छन् । यस वर्षको जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा पर्वका विषयमा भ्रामक टीका टिप्पणी र प्रचार–प्रसार भएकाले जनमानसमा भ्रम सृजना गर्न खोजिएको भन्दै नेपाल पञ्चाङ्ग निर्णायक
१२ भदौ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि नवनियुक्त संयुक्त अधिराज्यका राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा आज भएको भेटमा उनिहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा विचार विमर्श हुनाका साथै नेपाल–संयुक्त अधिराज्यबीच सहयोगका बारेमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा
१३ भदौ, काठमाडाैँ । माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ । आज बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट शेयरधनीलाई नगद र बोनस लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १४ प्रतिशत (१३ दशमलव ३० प्रतिशत बोनस