Trending
>>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार >>   २,६३४ विन्दुबाट खुल्दै बजारको नयाँ यात्रा, कस्तो रहला आजको सेयर बजार? >>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

समाचार


च्याउ टिप्न गएकी महिलाको गैँडाको आक्रमणबाट मृत्यु

२९ भदौ, कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । निकुञ्जअन्तर्गत पर्ने बेलडाँडी गाउँपालिकाको कालिकिचताल क्षेत्रमा बेलडाँडी–२ गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढाको आज बिहान गैँडाको आक्रमणबाट मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए । “बिहान ८ बजेतिर च्याउ टिप्न निकुञ्जभित्र

ईसीबीले फेरी बढायो ब्याजदर

२९ भदाै, जर्मनी । युरोपेली केन्द्रीय बैङ्क (ईसीबी)ले राष्ट्रहरू उच्च मुद्रास्फीतिसँग जुधिरहेको बेला बिहीबार प्रमुख ब्याज दरलाई कीर्तिमानी उचाइमा पुर्‍याएको छ । बैङ्कले आफ्नो ब्याजदर वृद्धिको चक्र समाप्त हुन सक्ने सङ्केत गरेको छ । नीति निर्माताहरूले उधारो लागतलाई अर्को एक चौंथाइ बिन्दुले बढाएका छन् । सबैको चासोका रूपमा हेरिएको निक्षेप दरलाई

बागमती प्रदेशसभाको बैठक शनिबार बस्ने

२९ भदाै, हेटाैँडा । मकवानपुर, २९ भदौ : बागमती प्रदेशसभाको आजलाई तय भएको बैठक शनिबार बस्ने भएको छ । आज दिउँसो १ः०० बजे बस्ने भनिएको प्रदेशसभा बैठक विशेष कारण शनिबार बिहान ११ः०० बजे बस्ने छ । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार शनिबारको बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने सोही बैठकमा

उडान सुरू गरेको तीन महिनापछि पुग्यो रेसुङ्गा विमानस्थलमा जहाज

२९ भदाै, गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा तीन महिना पछि शुक्रबार जहाज आएको छ । पटक पटक मौसम खराबीको कारण भन्दै उडान स्थगित गरेको नेपाल एयरलाइन्सले नियमित उडान सुरु गरेको तीन महिनापछि शुक्रबार उडान भरेको छ । काठमाडौँबाट गुल्मीका लागि ११ जना र गुल्मीबाट काठमाडौँका लागि तीन जना यात्रु रहेका

पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय बाल दिवसको शुभकामना

२९ भदौ, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजका बालबालिका परिवार, समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधार भएको बताएकी छन् । राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले बालबालिका भविष्यका नेता, नीति निर्माता र आविष्कारकसमेत भएको उल्लेख गरेकी छन् । भविष्यमा निर्वाह गर्नुपर्ने जिम्मेवारीका लागि

आईएमएफद्वारा श्रीलङ्काको आर्थिक सहायता पुनरावलोकन, कोलम्बोलाई थप रकम उपलब्ध गराइने

२९ भदाै, एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलङ्काको सबैभन्दा खराब आर्थिक सङ्कटपछि सुरु गरिएको कर्जा लगानी (बेलआउट) कार्यक्रमको बिहीबार समीक्षा सुरु गरेको छ । कोलम्बोका अधिकारीहरूले थप ३३ करोड अमेरिकी डलरको कोष प्राप्त गर्ने आशा व्यक्त गरेका छन् । गत वर्षको आर्थिक मन्दीका कारण खाद्यान्न, इन्धन र औषधिको चरम

बिहारको मुजफ्फरपुरमा डुङ्गा पल्टिँदा १० जना बेपत्ता

२९ भदाै, एजेन्सी । भारतको बिहार राज्यको मुजफ्फरपुरस्थित वाग्मती नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १० जना बेपत्ता भएका छन् । अधिकारीका अनुसार अहिलेसम्म १५ देखि २० जनाको उद्धार गरिएको छ । मुजफ्फरपुरका विपद व्यवस्थापन अधिकृत अजय कुमारले पत्रकारहरूसँग घटनाबारे भने, “अहिलेसम्म १० जना बेपत्ता छन्, १५–२० जनाको उद्धार गरिएको छ । थप

मुम्बईमा विमान दुर्घटना हुँदा कम्तीमा आठ जना घाइते

२९ भदाै, एजेन्सी । भारतको मुम्बइस्थित विमानस्थलमा भारी वर्षाका बीच बिहीबार साँझ एउटा सानो विमान दुर्घटना हुँदा आठ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुई भागमा ट्क्रिएको निजी विमानमा चालक दलका तीन सदस्यसहित आठ जना सवार थिए । दुर्घटनापछि विमानस्थलको धावनमार्ग केही समयका लागि

नदीजन्य पदार्थको दोहन रोक्न कञ्चनपुरमा गस्ती

२९ भदाै, कञ्चनपुर । कञ्चनपुरमा चुरे क्षेत्रबाट अवैधरूपमा हुने नदीजन्य पदार्थको उत्खननको कार्य रोकथामका लागि कार्य अगाडि बढाइएको छ । शुक्लाफाँटा नगरपालिका–८ स्थित बैजनाथ सामुदायिक वनका पदाधिकारी नदीजन्य पदार्थको अवैध उत्खनन रोक्नका लागि सक्रिय भएर गस्ती गरिरहेका छन् । सामुदायिक वनको चुरेक्षेत्र नजिकका नदी, खहरे खोलालगायतका क्षेत्रबाट अवैधरूपमा लुकीछिपी ढुङ्गा, बालुवा,

पोखरा महानगर र कोइकाबीच रोजगारी सिर्जना परियोजनामा हस्ताक्षर

२९ भदाै, पोखरा । पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)बीच पोखरामा ‘रिसाइक्लिङ’ र ‘अपसाइक्लिङ’मार्फत हरित रोजगारी सिर्जना परियोजनासम्बन्धी प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको छ। पोखरा महानगरपालिका र कोइकाबीचको समझदारीलाई बलियो बनाउँदै रोजगारी सिर्जनामा सघाउने उद्देश्यले पारस्परिक प्रतिबद्धतापत्रमा आज महानगरको तर्फबाट प्रमुख धनराज आचार्य र कोइकाको तर्फबाट उपप्रमुख युनयङ्ग लीले हस्ताक्षर गरेका

सम्वन्धित समाचारहरु