Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

नदीजन्य पदार्थको दोहन रोक्न कञ्चनपुरमा गस्ती


२९ भदाै, कञ्चनपुर । कञ्चनपुरमा चुरे क्षेत्रबाट अवैधरूपमा हुने नदीजन्य पदार्थको उत्खननको कार्य रोकथामका लागि कार्य अगाडि बढाइएको छ । शुक्लाफाँटा नगरपालिका–८ स्थित बैजनाथ सामुदायिक वनका पदाधिकारी नदीजन्य पदार्थको अवैध उत्खनन रोक्नका लागि सक्रिय भएर गस्ती गरिरहेका छन् ।

सामुदायिक वनको चुरेक्षेत्र नजिकका नदी, खहरे खोलालगायतका क्षेत्रबाट अवैधरूपमा लुकीछिपी ढुङ्गा, बालुवा, गिट्टीलगायत उत्खनन गरी ढुवानी भइरहेको सूचना प्राप्त भएकाले नियन्त्रणका लागि खटिएको सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताए । “बिहानीको झिसमिसेदेखि साँझ अबेरसम्म नदीजन्य पदार्थको अवैध उत्खनन रोक्नका लागि पालो मिलाएर खटिएका छौँ”, उनले भने ।

वनहरा, अनौखी, गौडी खोलालगायतका क्षेत्रमा नदीजन्य पदार्थको अवैध उत्खनन भएको पाइए पनि संलग्नहरू फेला नपरेकाले खोजीकार्य भइरहेको उनको भनाइ छ । चुरेक्षेत्र भएर बग्ने नदी, खोलामा अवैध उत्खनन गरिँदा बर्सेनि बाढीको समस्या बल्झिँदै आएको छ । नदी, खोला साविकको क्षेत्रमा बग्न छाडेर धार परिवर्तन गरी बस्तीतर्फ सोझिन थालेका छन् । चुरे फेदीका बेलडाँडी, पिल्लरीलगायतका बस्तीका बासिन्दाले केही वर्षयतादेखि बाढीको समस्या झेल्दै आएको सामुदायिक वनका पदाधिकारी विमला चौधरीले बताइन् ।

“वैज्ञानिक तरिकाले चुरे क्षेत्र नजिकका नदी, खोलाबाट ढुङ्गा, बालुवा, गिट्टी झिक्ने कार्य गरे समस्या हुँदैन, त्यस्तो अहिलेसम्म हुनसकेको छैन”, उनले भनिन्, “अन्धाधुन्धरूपमा नदीजन्य पदार्थ झिकिँदा स्थानीय बासिन्दाले निकै सास्ती खेप्दै आएका छन् ।” नदीजन्य पदार्थको अवैध दोहन रोक्नका लागि सामुदायिक वनका पदाधिकारी, उपभोक्ता खटिँदै आएको उनले उल्लेख गरिन् । सबडिभिजन वन कार्यालय, प्रहरी र नगरपालिकासँग समन्वय गरी अवैध उत्खनन रोक्नका लागि प्रयास थालिएको उनको भनाइ छ ।


प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?