Trending
>>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

बिहारको मुजफ्फरपुरमा डुङ्गा पल्टिँदा १० जना बेपत्ता


२९ भदाै, एजेन्सी । भारतको बिहार राज्यको मुजफ्फरपुरस्थित वाग्मती नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १० जना बेपत्ता भएका छन् ।

अधिकारीका अनुसार अहिलेसम्म १५ देखि २० जनाको उद्धार गरिएको छ ।

मुजफ्फरपुरका विपद व्यवस्थापन अधिकृत अजय कुमारले पत्रकारहरूसँग घटनाबारे भने, “अहिलेसम्म १० जना बेपत्ता छन्, १५–२० जनाको उद्धार गरिएको छ । थप व्यक्तिको खोजी कार्य जारी छ ।”

उनले भने,“घटना आज बिहान १०ः३० देखि ११ः०० बजेको बीचमा भएको हो । राष्ट्रिय विपद् प्रतिकार्य बल र राज्य विपद् प्रतिकार्य बल को टोली घटनास्थलमा पुगी उद्धारका सम्भावित सबै पहलहरू गरेको थियो । अझै पनि वेपत्ताहरूको खोजी कार्य जारी छ ।”

बिहारका मुख्यमन्त्री नितिश कुमारले बाढी प्रभावित परिवारलाई सहयोग गरिने बताएका छन् ।

उनले पत्रकारहरूसँग भने, “मुजफ्फरपुरका जिल्ला प्रशासकहरूले घटनाको अनुसन्धान गरिरहेका छन् । यस दुर्घटनामा परी घाइते भएकाहरूको परिवारलाई सरकारले सहयोग उपलब्ध गराउनेछ ।”


प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?