Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

मुम्बईमा विमान दुर्घटना हुँदा कम्तीमा आठ जना घाइते


२९ भदाै, एजेन्सी । भारतको मुम्बइस्थित विमानस्थलमा भारी वर्षाका बीच बिहीबार साँझ एउटा सानो विमान दुर्घटना हुँदा आठ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुई भागमा ट्क्रिएको निजी विमानमा चालक दलका तीन सदस्यसहित आठ जना सवार थिए ।

दुर्घटनापछि विमानस्थलको धावनमार्ग केही समयका लागि रोकिएको थियो जसका कारण उडान आगमन र प्रस्थानमा ढिलाइ भएको थियो ।

विमानस्थलले जारी गरेको छोटो विज्ञप्तिमा भनिएको छ, “विशाखपटनमबाट मुम्बईका लागि उडान भरेको भीटी–डीबीएल लियरजेट ४५ विमान स्थानीय समयअनुसार साँझ ६ः४७ बजे धावनमार्गमा चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो ।”

नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले अनुमति दिएपछि रनवे सञ्चालनका लागि खुला गरिएको थियो । विमानस्थलमा भिजिबिलिटी ७०० मिटर रहेको बताइएको छ ।


प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?