Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

ईसीबीले फेरी बढायो ब्याजदर


२९ भदाै, जर्मनी । युरोपेली केन्द्रीय बैङ्क (ईसीबी)ले राष्ट्रहरू उच्च मुद्रास्फीतिसँग जुधिरहेको बेला बिहीबार प्रमुख ब्याज दरलाई कीर्तिमानी उचाइमा पुर्‍याएको छ । बैङ्कले आफ्नो ब्याजदर वृद्धिको चक्र समाप्त हुन सक्ने सङ्केत गरेको छ ।

नीति निर्माताहरूले उधारो लागतलाई अर्को एक चौंथाइ बिन्दुले बढाएका छन् । सबैको चासोका रूपमा हेरिएको निक्षेप दरलाई चार प्रतिशतमा पुर्‍याएर सन् १९९९ मा यूरोको सुरुवात पछिको यो वृद्धि उच्चतम स्तरमा पुर्‍याएको हो ।

रूसले युक्रेनमा आक्रमण गरेका कारण ऊर्जा र खाद्यान्नको लागतमा वृद्धि भएपछि गत वर्षको जुलाईमा केन्द्रीय बैंकले आफ्नो इतिहासकै सबैभन्दा आक्रामक ब्याजदर वृद्धि चक्र सुरु गरेको र यो लगातार १० औं वृद्धि हो ।

युरोको प्रयोग गर्ने २० देशहरूमा तीव्र रुपमा बिग्रदै गएको आर्थिक परिदृश्यको बढ्दो सङ्केतको बावजुद बैङ्कले अर्को वृद्धिको घोषणा गरेको छ । तर, ईसीबीले मुद्रास्फीति अझै पनि ‘धेरै लामो समयसम्म निकै उच्च रहने अपेक्षा गरिएको’ दोहोर्‍याएको छ । बैंकले उधारो लागत उच्च स्तरमा पुगेकोले मूल्य वृद्धिलाई छोटो समयमै दुई प्रतिशतको लक्ष्यमा ल्याउन मद्दत गर्ने पनि बताएको छ ।

ब्याजदरको निर्णयको घोषणा पछि ईसीबी अध्यक्ष क्रिस्टीन लेगार्डले भने, “दरहरू अब उच्च स्तरहरूमा पुगेका छन् जसले बढ्दो मूल्यहरू तत्काल नियन्त्रण गर्न पर्याप्त योगदान गर्नेछ ।”

आर्थिक विश्लेषकहरूले यो भाषाले ब्याजदर वृद्धिको हालको लय समाप्त हुँदै गएको सङ्केत गरेको विश्वास गरेका छन् । “ईसीबीको सञ्चार स्पष्ट छ : आज वर्तमान चक्रमा अन्तिम वृद्धि थियो,” आईएनजी अर्थशास्त्री कार्सटन ब्रेजेस्कीले भने।

बेरेनबर्ग बैंकका अर्थशास्त्री होल्गर स्माइडिङले यो अहिलेका लागि अन्तिम वृद्धि भएको र केन्द्रीय बैंकले ‘अबदेखि महत्वपूर्ण समयका लागि होल्डमा रहने सङ्केत गरेको’ बताएका छन् ।

ईसीबी रोकिने वा ब्याजदर बढाउने भन्ने विषयमा पर्यवेक्षकहरू बैठकअघि विभाजित भएका थिए र लेगार्डले २६ सदस्यीय प्रशासनिक काउन्सिलका केही सदस्यहरूले आफ्नो हात थाम्न चाहेको स्वीकारेका थिए ।

‘ठोस बहुमत’ ले अन्ततः वृद्धिको समर्थन गरेको र छलफल न त ‘विरोधी’ थियो न त ‘प्रतिकूल’ रहेको थियो उनले भने ।


प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?