Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

समाचार


झापामा आफन्तबाटै अधिकांशको हत्या

१३ जेठ, झापा । यहाँ घरेलु हतियारको प्रयोग गरी विगत १० महिनामा १२ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७९ साउनदेखि २०८० वैशाखसम्ममा अधिकांशको आफन्तबाट हत्या भएको सो तथ्याङ्कले देखाएको हो । हत्या गरिएका १२ मध्ये सबैभन्दा बढी अर्थात् पाँचजना आफ्नै श्रीमान्बाट मारिएका छन् ।

पशुपति क्षेत्रमा सरसफाइ

१३ जेठ, काठमाडाैँ । ‘स्वच्छ पशुपति सफा पशुपति, हाम्रो पशुपति राम्रो पशुपति’ भन्ने मूल नारासहित ‘पशुपति क्षेत्र सरसफाइ अभियान, २०८०’ सुरु गरिएको छ । अभियानको पहिलो दिन आज पशुपति मन्दिर क्षेत्रमा बृहत् सरसफाइ गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा गणतन्त्र स्मारक व्यवस्थान तथा सञ्चालन विकास समिति, काठमाडौँ

नेपालगञ्जका अस्पतालमा रगतको अभाव

१३ जेठ, नेपालगञ्ज । बिरामीको चाप बढेसँगै नेपालगञ्जका अस्पतालमा रगतको अभाव भएको छ । नेपाल रेडक्रसको क्षेत्रीय रक्तसञ्चार केन्द्रका अनुसार बिरामीलाई दैनिक अनपेक्षित रुपमा रगत आवश्यकता पर्न थालेपछि अस्पतालमा रगतको अभाव भएको हो । क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले नेपालगञ्जमा पछिल्लो समयमा रगतको अभाव भएको बताए । “पछिल्लो समयमा नेपालगञ्जका

काठमाडौँ महानगरका सबै वडामा सरसफाइ

१३ जेठ, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका जनप्रतिनीधिले पद बहाली गरेको एक वर्षका अवसरमा आज ३२ वटै वडामा सरसफाइ गरेको छ । वडा नं १ को कमलपोखरी, २ को नारायण गोपाल मार्ग, ३ को लाजिम्पाट, ४ को बालुवाटार तथा ५, छ र ७ मा  सरसफाइ गरेको छ । त्यसैगरी, वडा नं

श्रीलङ्काले अर्को महिना सवारी साधनको इन्धन कोटा बढाउने

१३ जेठ, एजेन्सी । श्रीलङ्काले आगामी महिना सवारी साधनका लागि इन्धनको कोटा बढाउने भएको छ । श्रीलङ्काका ऊर्जा तथा ऊर्जामन्त्री कञ्चना विजेसेकेराले आगामी महिना सवारी साधनका लागि इन्धनको कोटा बढाउने निर्णय गरेको बताएका हुन् । इन्धनको मूल्य वृद्धि हुँदा कोटा बढाउने निर्णय गर्नुपरेको उनले बताए । राष्ट्रिय इन्धन पास ‘क्यूआर’ प्रणालीमा

‘नोर्ड स्ट्रीम विस्फोटमा युक्रेनी संलग्नता’

१३ जेठ, काठमाडाैँ । रुसबाट आएको नोर्ड स्ट्रिम ग्यास पाइपलाइनमा भएको विस्फोटनको अनुसन्धान गरिरहेका अनुसन्धानकर्ताहरूले उक्त आक्रमणलाई युक्रेनसँग जोड्न सक्ने प्रमाण रहेको जर्मन सञ्चारमाध्यमले जनाएका छन्। आक्रमणमा प्रयोग भएको आशङ्कामा सेलबोट भाडामा लिन प्रयोग गरिएका इमेलबाट प्राप्त तथ्याङ्कले युक्रेनलाई बाँधेको स्पिगेल साप्ताहिकले शुक्रबार जनाएको छ। एनडीआर र डब्ल्यूडीआर प्रसारक संस्था, दैनिक

पटाका विस्फोट हुँदा ४ जनाको मृत्यु

१३ जेठ, एजेन्सी । उत्तरी चीनको हेबेई प्रान्तको दाचेङ काउन्टीमा शुक्रबार भएको आतिशबाजी विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता भएका छन् । सो विस्फोट दिउँसो ४ बजे भएको थियो । सो समयमा जाङ्गटुन प्रहरी चौकीमा अधिकारीहरूले अवैध रूपमा व्यापार भएको शंकास्पद आतिशबाजीको नमूना सङ्कलन गरेर परीक्षण

पाल्पाको वसन्तपुरमा कामाख्या भगवती मन्दिर स्थापना

१३ जेठ, पाल्पा । पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा कामाख्या भगवतीको मन्दिर स्थापना गरिएको छ । उक्त मन्दिरमा मूर्तिको प्राणप्रतिष्ठाका लागि यहाँ शुक्रबारदेखि सातदिने कालिका महापुराण पनि सुरु भएको छ । भारतको गुवाहटीस्थित कामाख्या भगवतीबाट विधिपूर्वक आमन्त्रण गरी ल्याइएकी कामाख्या देवीको प्राणप्रतिष्ठाका लागि सुरु भएको महापुराण यही जेठ

कार्यपालिका सदस्य चौधरीको निधन

१३ जेठ, बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्य रामपती देवी थरुनीको शुक्रवार निधन भएको छ । पेटमा अचानक समस्या भएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा करिब ५५ वर्षीया चौधरीको निधन भएको हो । जीतपुरसिमरा १४ स्थित रजघट्टाबाट अल्पाइन अस्पताल ल्याउने क्रममा बाटोमा उनको निधन भएको वडाध्यक्ष चयन मगरले जानकारी

आज सुर्खेतमा पुर्वराजालाई नागरिक अभिनन्दन गरिने

१३ जेठ, सुर्खेत । पुर्व राजा ज्ञानेन्द्र शाहको आज सुर्खेतमा नागरिक अभिनन्दन गरिने भएको छ । सुर्खेतमा हुने नागरिक अभिनन्दन ग्रहणका लागि उनी अपरान्ह कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर आउने छन् । राप्रपा सुर्खेतका अध्यक्ष कविराम पुरीका अनुसार पुर्व राजाको नागरिक अभिनन्दन कार्यक्रमको सम्पूर्ण तयारी पुरा भईसकेको छ । उनका अनुसार पूर्वराजा

सम्वन्धित समाचारहरु