Trending
>>   काठमाडौं फिल्म फेस्टिभलले पर्यटन र संस्कृति प्रवर्द्धन गर्ने विश्वास:सुनिता डंगोल >>   विचौलिया प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्छः सभापति थापा >>   वाणिज्य बैंकको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि >>   न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोपः ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु) >>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

एमालेले विरोध गरेपछि संसद् बैठक स्थगित


८ असार, काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को विरोधपछि प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगन भएको छ । विनियोजन विधेयक, २०८० को शीर्षकगत छलफलका क्रममा उपराष्ट्रपतिको कार्यालयका लागि खर्च शीर्षक पुस्तिका सांसदलाई उपलब्ध नगराइएको भन्दै विरोध गरेपछि बैठक स्थगित भएको हो ।

बैठकमा एमालेका सचेतक महेश बर्ताैलाले कार्यसूचीमा रहेको उक्त निकायको खर्च विवरण प्राप्त नभएसम्म छलफल अघि बढ्न नसक्ने अडान राखेका थिए । यसपछि सभामुख देवराज घिमिरेले कतिपय निकायका शीर्षक प्राप्त नभएको भए पनि बजेटको छलफल समयमै सक्नुपर्ने भएकाले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे । तर एमालेले पुस्तिका नआएसम्म छलफल चल्न नदिने अडान दिएपछि बैठक स्थगित भएको छ ।


प्रकाशित मिति: ८ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?