काठमाडौं। सरकारले दादुरा-रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ । उक्त अभियानअन्तर्गत काठमाडौं जिल्लाका पाँच लाख ९७ हजार तीन सय पाँच जना बालबालिकालाई खोप लगाइने बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलन गरेर वरिष्ठ जनस्वास्थ्य प्रशासक डा।भुवन पौडेलले
काभ्रेपलाञ्चोक। राष्ट्रिय भूमि आयोग जिल्ला समिति काभ्रेपलाञ्चोकमा तीन हजारभन्दा बढी भूमिहीनले जग्गा प्राप्तिका लागि निवेदन पेस गरेका छन् । सरकारले भूमिहीनलाई जग्गा प्रदान गर्न सार्वजनिक अपिल गरेअनुसार हालसम्म काभ्रेपलाञ्चोकका तीन हजार एक सय ७३ जना भूमिहीन-सुकुम्वासी, भूमिहीन-दलित, अव्यवस्थित बसोबासीले जिल्लास्थित कार्यालयमा आवेदन गरेका हुन् । उक्त भूमिहीनद्वारा जग्गा प्राप्तिका लागि
दोधारा,चाँदनी । बजेट अभावका कारण राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको काम प्रभावित भएको छ । त्यस्तै, मुआब्जा वितरण र विकास खर्च बजेट सकिएपछि निर्माण रोकिने अवस्था आएको यहाँस्थित आयोजना कार्यालयका निर्देशक कुसाङ शेर्पाले बताएका छन् । उनले माग गरेभन्दा निकै कम बजेट प्राप्त भएकाले जमिन अधिग्रहण गर्न समस्या
काठमाडौं। पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले आज पनि देशका विभिन्न स्थानमा बदली हुनुका साथै छिटफुट वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली भएको छ भने बाँकी भागमा मौसम सफा रहनेछ । त्यस्तै, काठमाडौंमा बिहानैदेखि पारिलो घाम
ललितपुर। नेपाली कांग्रेसको जारी महासमिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू राष्ट्र नेपाल निर्माणसम्बन्धी प्रस्ताव पेश भएको छ । फागुन ७ गतेदेखि जारी बैठकमा सो प्रस्तावका पक्षमा एक हजार ६३ जना महासमिति सदस्यले हस्ताक्षर गरेका छन् भने ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानले
लिस्बन,पोर्चुगल। उपचार अभावमा पोर्चुगलमा बिचल्लीमा परेकी नेपाली युवतीलाई स्वीट्जरल्याण्डबाट आर्थिक सहयोग प्रदान गरिएको छ । पोर्चुगलमा सडक दुर्घटनामा परी गम्भीर घाइते भई उपचार अभावमा बिचल्लीमा परेकी सिन्धुली मरिण(३ की २९ वर्षीया सुस्मिता मोक्तानलाई स्वीट्जरल्याण्डबाट आर्थिक सहयोग प्रदान गरिएको हो । त्यस्तै, गैरआवासीय नेपाली सङ्घ स्वीट्जरल्याण्डकी सचिव सुनिता तामाङ ब्लोनको पहल
काठमाडौं। जनमत पार्टीका अध्यक्ष सीके राउतले अहिलेको शासन व्यवस्था ल्याउनेहरू नै अहिले डराउन थालेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कोतपर्व, भण्डारखाल पर्वजस्ता हिंसात्मक घटनाबाट प्रधानमन्त्री बनेका जंगबहादुर राणा आफैँ सेतो बाघसँग डराएको भन्दै प्रमुख राजनीतिक दलहरू पनि आफैँले ल्याएको शासन व्यवस्थासँग डराएको टिप्पणी गरेका हुन् ।
काठमाडौं। राप्रपा नेपालले आगामी चैत्र १ गते काठमाडौंमा बृहत् जनप्रदर्शन गर्ने भएको छ । बिहीबार काठमाडौंमा बसेको जनप्रदर्शन तयारी बैठकले चैत्र १ गतेको मिति तय गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् । उक्त जनप्रदर्शनका क्रममा उपत्यकाभित्र क्षेत्रीय भेला र कोणसभाहरू हुनेछन् । त्यस्तै, व्यवस्थाको अन्त्य गर्न, हिन्दु राष्ट्र र
मुम्बई। बलिउड अभिनेत्री रकुल प्रीत सिंह र निर्माता ज्याकी भगनानीले विवाह गरेका छन् । भारतको दक्षिण गोवास्थित आईटीसी ग्रान्ड होटलमा उनीहरूले बुधवार एक समारोहकाबीच विवाह गरेका हुन् । सो विवाह समारोहमा बलिउडका थुप्रै सेलिब्रेटी सहभागी थिए । उनीहरूले तस्बिर समेत सामाजिक सञ्जालमा शेयर गरेका छन् भने सार्वजनिक तस्बिरमा विवाहित जोडीले
काठमाडौं। ‘पशुपतिप्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के खनालले लैनचौरस्थित मल्ल होटलबाट फिल्म ‘मेयर’को छायांकन थालेका छन् । उनले पहिलो दिन सभाहल सम्मेलनको दृश्य खिच्दै सुटिङ सुरु भएको जानकारी दिएका छन् । त्यसैगरी, मेयरको भूमिकामा देखिन लागेका अभिनेता खगेन्द्र लामिछाने र लामो समयपछि फिल्ममा पुनरागमन गरेका पाका अभिनेता टीका पहारीले पहिलो दिन