Trending
>>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप
Logo
१४ कार्तिक २०८३, शनिबार
१४ कार्तिक २०८३, शनिबार

काठमाडौंमा यो साताः साँझपख हल्का वर्षा, अन्य क्षेत्रमा के हुन्छ ?


काठमाडाैं । लामो समयदेखिको खडेरी र डढेलोबाट राहत हुने देखिएको छ। पश्चिमी वायु, स्थानीय वायुसँगै भारतको बिहारआसपास बनेको न्यूनचापीय प्रणालीको असरका कारण नेपालमा वर्षा गराउने प्रणाली सक्रिय बन्दै गएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन पश्चिम तराईबाहेकको तराई र पहाडी क्षेत्रमा वर्षाको सम्भावना छ। काठमाडौं उपत्यकामा दिउँसो बदली हुने र साँझपख चट्याङसहित वर्षा हुने देखिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

‘काठमाडौंमा ठूलो वर्षाको सम्भावना त छैन, तर आजदेखि साँझपख हरेक दिनजसो मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने देखिन्छ,’ मानन्धरले भनिन्, ‘वर्षा गराउने प्रणाली यो साताभर सक्रिय हुने देखिन्छ।’

सोमबार प्युठान, म्याग्दी, रुकुम पश्चिम, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी, गोरखा क्षेत्रमा वर्षा भएको छ। वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै जाँदा सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, संखुवासभा क्षेत्रमा पनि हल्का वर्षा भएको छ।


प्रकाशित मिति: २४ बैशाख २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?