Trending
>>   ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल >>   योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो ? >>   बाढीपीडितका लागि ‘सनसेट ल’ ल्याउनेबारे सर्वदलीय बैठकमा छलफल >>   संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्:गगन थापा >>   सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने >>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

काठमाडौंमा यो साताः साँझपख हल्का वर्षा, अन्य क्षेत्रमा के हुन्छ ?


काठमाडाैं । लामो समयदेखिको खडेरी र डढेलोबाट राहत हुने देखिएको छ। पश्चिमी वायु, स्थानीय वायुसँगै भारतको बिहारआसपास बनेको न्यूनचापीय प्रणालीको असरका कारण नेपालमा वर्षा गराउने प्रणाली सक्रिय बन्दै गएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन पश्चिम तराईबाहेकको तराई र पहाडी क्षेत्रमा वर्षाको सम्भावना छ। काठमाडौं उपत्यकामा दिउँसो बदली हुने र साँझपख चट्याङसहित वर्षा हुने देखिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

‘काठमाडौंमा ठूलो वर्षाको सम्भावना त छैन, तर आजदेखि साँझपख हरेक दिनजसो मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने देखिन्छ,’ मानन्धरले भनिन्, ‘वर्षा गराउने प्रणाली यो साताभर सक्रिय हुने देखिन्छ।’

सोमबार प्युठान, म्याग्दी, रुकुम पश्चिम, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी, गोरखा क्षेत्रमा वर्षा भएको छ। वर्षा गराउने प्रणाली पूर्वतिर सर्दै जाँदा सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, संखुवासभा क्षेत्रमा पनि हल्का वर्षा भएको छ।


प्रकाशित मिति: २४ बैशाख २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?