Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

वडा १० बाट शैक्षिक, सामाजिक र सांस्कृतिक सामग्री वितरण


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १० ले शैक्षिक, सामाजिक तथा सांस्कृतिक सामग्री वितरण गरेको छ । विद्यालय, सामाजिक संघसंस्था, महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई उहाँहरुकै मागका आधारमा जिन्सी सामग्री प्रदान गरिएको हो ।

यसरी प्रदान गरिएका सामग्रीमा रत्नराज्य स्कूललाई एउटा स्मार्ट वोर्ड र एउटा ल्यापटप दिइयो । यस्तै रुद्रमती स्कूललाई १/१ वटा फोटोकपी मेसिन, डेस्कटप कम्प्युटर र प्रोजेक्टर प्रदान गरियो । यस्तै वुद्धनगर स्कूललाई नेपाली शव्दकोष, अंग्रेजी शव्दकोष, चार्ट पिक्चरसहित शैक्षिक र खेलकुदका सामग्री दिइएको छ ।

यस्तै भोजपुर लाखे समाजलाई पूर्वेली धिमे (ढोल, झ्याम्टा, मखुण्डो, घङ्गला, चमर) हस्तान्तरण भयो । अग्रज समाजलाई प्लाष्टिकका कुर्सी, टेवुल, स्पिकर र माइक, रामायण, ४ वेद, गीतासहित धार्मिक पुस्तक दिइयो । यस्तै महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई प्राथमिक उपचार बक्स प्रदान गरियो ।

सामग्री प्रदान गर्दै वडाध्यक्ष एवं महानगरपालिकाको सामाजिक विकास समितिका संयोजक रामकुमार के. सी. ले सामाजिक उत्थानले मात्र भौतिक विकासले पूर्णता पाउने बताउँदै वडाको सन्तुलित विकासका लागि एकीकृत, समन्वयात्मक र समावेशी विकास पद्धतिलाई अबलम्बन गरिएको बताउनुभयो ।

त्यस क्रममा कांग्रेसकी नेतृ सिर्जना सिंहले, विकास कार्यक्रमलाई सबैले मिलेर सफल बनाउन आग्रह गर्दै आफ्नो भूमिकामा प्रतिवद्ध भएर काम गर्ने बताउनुभयो । यसपछि वडाले खेल क्षेत्रलाई सहयोग गर्ने योजना बनाएको वडा सचिव सुबोध खड्काले जानकारी दिनुभयो ।


प्रकाशित मिति: २४ बैशाख २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?