Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

वडा १० बाट शैक्षिक, सामाजिक र सांस्कृतिक सामग्री वितरण


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १० ले शैक्षिक, सामाजिक तथा सांस्कृतिक सामग्री वितरण गरेको छ । विद्यालय, सामाजिक संघसंस्था, महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई उहाँहरुकै मागका आधारमा जिन्सी सामग्री प्रदान गरिएको हो ।

यसरी प्रदान गरिएका सामग्रीमा रत्नराज्य स्कूललाई एउटा स्मार्ट वोर्ड र एउटा ल्यापटप दिइयो । यस्तै रुद्रमती स्कूललाई १/१ वटा फोटोकपी मेसिन, डेस्कटप कम्प्युटर र प्रोजेक्टर प्रदान गरियो । यस्तै वुद्धनगर स्कूललाई नेपाली शव्दकोष, अंग्रेजी शव्दकोष, चार्ट पिक्चरसहित शैक्षिक र खेलकुदका सामग्री दिइएको छ ।

यस्तै भोजपुर लाखे समाजलाई पूर्वेली धिमे (ढोल, झ्याम्टा, मखुण्डो, घङ्गला, चमर) हस्तान्तरण भयो । अग्रज समाजलाई प्लाष्टिकका कुर्सी, टेवुल, स्पिकर र माइक, रामायण, ४ वेद, गीतासहित धार्मिक पुस्तक दिइयो । यस्तै महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई प्राथमिक उपचार बक्स प्रदान गरियो ।

सामग्री प्रदान गर्दै वडाध्यक्ष एवं महानगरपालिकाको सामाजिक विकास समितिका संयोजक रामकुमार के. सी. ले सामाजिक उत्थानले मात्र भौतिक विकासले पूर्णता पाउने बताउँदै वडाको सन्तुलित विकासका लागि एकीकृत, समन्वयात्मक र समावेशी विकास पद्धतिलाई अबलम्बन गरिएको बताउनुभयो ।

त्यस क्रममा कांग्रेसकी नेतृ सिर्जना सिंहले, विकास कार्यक्रमलाई सबैले मिलेर सफल बनाउन आग्रह गर्दै आफ्नो भूमिकामा प्रतिवद्ध भएर काम गर्ने बताउनुभयो । यसपछि वडाले खेल क्षेत्रलाई सहयोग गर्ने योजना बनाएको वडा सचिव सुबोध खड्काले जानकारी दिनुभयो ।


प्रकाशित मिति: २४ बैशाख २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?