Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
Logo
३० पुष २०८२, बुधबार
३० पुष २०८२, बुधबार

समाचार


नेपालमै पहिलो लिफ्टसहितकाे आकासे पुल निर्माण सुरु

काठमाडौं । ललितपुर महानगरपालिकाले चक्रपथ कुसुन्तीमा अपाङ्‍गतामैत्री आकासे पुल निर्माण सुरु गरेको छ । महानगरका अनुसार नेपालमै पहिलो पटक लिफ्टसहित अपाङ्‍गतामैत्री आकासे पुल निर्माण सुरु भएको हो । महानगर प्रमुख चिरीबाबु महर्जनले आकासे पुल शिलान्यास गरे । सडक विभागले महानगरलाई पुल निर्माणका लागि गत भदौमा सहमति दिएको थियो ।

राप्रपा बैठकमा कुटपिट प्रकरणः पूर्वएआईजी कुटिएकाेबारे थाल्याे प्रहरीले अनुसन्धान

काठमाडौं । राप्रपा कार्यसम्पादन समिति सदस्य एवम् सशस्त्र प्रहरी बलका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट भएको प्रकरणमा प्रहरीले छानबिन थालेको छ । जिल्ला प्रहरी काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले प्रहरी वृत्त, महाराजगञ्जमा श्रेष्ठले ठाडो निवेदन दिएको बताए । ‘निवेदन आएपछि कुटपिट भएको विषयमा प्रहरीले अनुसन्धान थालेको छ’, उनले भने ।

प्रमाेद खरेलकाे आवाज, बिष्णु भण्डारीकाे शब्दमा “जाली माया” (भिडियाेसहित)

काठमाडाैं । गायक प्रमोद खरेलको आवाजमा "जाली माया" सार्वजनिक भएकाे छ । गीतमा बिष्णु भण्डारीकाे शब्द रहेकाे छ । गीतमा कमल सिंह, कुसुम शर्मा र सुरेश कोहलीको अभिनय रहेकाे छ ।   https://youtu.be/jic1ENkBTxw

नारायण दाहालकाे आक्राेश-‘म प्रचण्डकाे भाइ भएर अवसर पाएकाे हाेइन !’

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार नारायणप्रसाद दाहालले आफूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाइ भनेकामा असन्तुष्टि जनाएका छन् । राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दर्ता गरेपछि दाहाललाई संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुले प्रचण्डको भाइ भएका कारण अवसर पाएको भनिन्छ नि भनेर सोधेका थिए । जवाफमा दाहालले पार्टीमा आफ्नो योगदान अनुसार

मंगलबार राष्ट्रिय सभा अध्यक्षकाे चुनाव,मैदानमा शर्मा-दाहाल आमनेसामने

काठमाडाैं । राष्ट्रिय सभा अध्यक्ष पदका लागि नेपाली कांग्रेसका सांसद युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन्। संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबार बिहान शर्माले उम्मेदवारी दर्ता गरेका हुन्। शर्माको प्रस्तावक कांग्रेस सांसद आनन्दप्रसाद ढुंगाना र समर्थकमा कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ छन्। कांग्रेसलाई राष्ट्रिय सभामा लोकतान्त्रिक समाजवादी पार्टीले साथ दिने भएको

महिला लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति चयन

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको छेटौं वार्षिक साधारणसभा आईतबार अर्थात फागुन २७ गते हिमालय दृश्य रिसोर्ट धुलिखेल काभ्रेमा सम्पन्न भएको छ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष तारा कुँवरको अध्यक्षतामा सम्पन्न भएको साधारणसभालाई कम्पनीका सचिव एवम् प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले सञ्चालन गरेका थिए । सभाको

सत्ता गठबन्धनबाट दाहालकाे राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी

काठमाडाैं । माओवादी केन्द्रका सांसद नारायण दाहालले राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन्। संघीय संसद नयाँ बानेश्वरमा सोमबार बिहान दाहालले उम्मेदवारी दर्ता गरेका हुन्। दाहाल सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार छन्। दाहालको प्रस्तावक माओवादीका सांसद गोपीबहादुर सार्की छन्। समर्थकमा नेकपा (एमाले) का सांसद देवेन्द्र दाहाल, नेकपा (एकीकृत समाजवादी)

लाेसपाकाे साथमा राष्ट्रियसभा अध्यक्षमा कांग्रेसबाट शर्माकाे उम्मेदवारी

काठमाडाैं । राष्ट्रिय सभा अध्यक्ष पदका लागि नेपाली कांग्रेसका सांसद युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन्। संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबार बिहान शर्माले उम्मेदवारी दर्ता गरेका हुन्। शर्माको प्रस्तावक कांग्रेस सांसद आनन्दप्रसाद ढुंगाना र समर्थकमा कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ छन्। कांग्रेसलाई राष्ट्रिय सभामा लोकतान्त्रिक समाजवादी पार्टीले साथ दिने भएको

एक महिनाअघि नै मनाइएकाे ‘ग्याल्पो ल्होसार’ मा सरकारले दियाे सार्वजनिक बिदा

काठमाडौं । शेर्पा समुदायको सांस्कृतिक पर्व ग्याल्पो ल्होसार एक महिनाअघि नै मनाइएपनि सरकारले अहिले सार्वजनिक बिदा दिएको पाइएको छ । गत माघ २७ गते नै मनाइसकेको चाडलाई अहिले बिदा र शुभकामना दिएपछि शेर्पा समुदाय नै छक्क परेकाे हाे ।

एकीकृत समाजवादी संसदीय दलको बैठक बस्दै

काठमाडौँ। नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठक बिहान ११ बजे बस्ने बताइएको छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम ,भोलि हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचन लगायतनयाँ सत्ता समीकरण र प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार प्रतिनिधिसभा लिने विश्वासको मतका बारेमा पनि छलफल हुनेछ ।

सम्वन्धित समाचारहरु