Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

नगरकोटकाे नयाँ गन्तव्य: ‘रानी झुला’ देखि ‘बोझिनी ड्याम’ सम्म (फाेटाे फिचर)


भक्तपुर । काठमाडौँबाट करिब ३२ किलोमिटर पूर्वमा पर्ने नेपालकै सबैभन्दा लोकप्रिय पर्यटकिय गन्तव्य मध्यको एक गन्तव्य हो नगरकोट। भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा अवस्थित यस पर्यटकिय क्षेत्रमा देश तथा विदेशबाट दैनिक धेरै जना पर्यटकहरु आउने गर्छन्।

आन्तरिक पर्यकटको आकर्षक नयाँ गन्तव्य बनेको छ भक्तपुर चाँगुनारायणस्थित ‘रानी झुलाको वनपँधेरो झोलुङ्गे पुल । जुन काठमाडौँबाट २५ किलोमिटर टाढा रहेको छ । ‘रानी झुला’ चाँगुनारायण नगरपालिकाको वडा नं ६ र ७ जोड्ने झोलुङ्गे पुल हो ।

त्यहाँका वासिन्दाहरुलाई आवतजावत गर्न सहज होस् भनि बनाएको उक्त झोलुङ्गे पुल आन्तरिक पर्यकटका लागि नयाँ आकर्षक गन्तव्य बन्न पुगेको छ । यहाँबाट चाँगुनारायण नगरपालिका–८ सुडालमा रहेको बोझिनी ड्याम सम्मकाे यात्रा समेत राेमान्चित छ ।

त्यहाँ रहेको हरियाली जंगल र सल्लाको सुगन्धले मानिसलाई लोभ्याउँछ । २५० मिटर लामो झोलुङ्गे पुलको बीचमा जाँदा साच्चै नै रमाइलो महसुस हुन्छ, सरर चिसो हावा, पुलबाट तल हेर्दा हरियाली जंगल, माथि पहाडबाट बगेर आएको पानीको बहाबको छङछङको आवाज सुन्दा एकछिन मनै फुरुङ्ग हुन्छ । सारा पीडा आफैँ हराएर जान्छ ।

 

 


प्रकाशित मिति: २७ जेष्ठ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?