Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

नगरकोटकाे नयाँ गन्तव्य: ‘रानी झुला’ देखि ‘बोझिनी ड्याम’ सम्म (फाेटाे फिचर)


भक्तपुर । काठमाडौँबाट करिब ३२ किलोमिटर पूर्वमा पर्ने नेपालकै सबैभन्दा लोकप्रिय पर्यटकिय गन्तव्य मध्यको एक गन्तव्य हो नगरकोट। भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा अवस्थित यस पर्यटकिय क्षेत्रमा देश तथा विदेशबाट दैनिक धेरै जना पर्यटकहरु आउने गर्छन्।

आन्तरिक पर्यकटको आकर्षक नयाँ गन्तव्य बनेको छ भक्तपुर चाँगुनारायणस्थित ‘रानी झुलाको वनपँधेरो झोलुङ्गे पुल । जुन काठमाडौँबाट २५ किलोमिटर टाढा रहेको छ । ‘रानी झुला’ चाँगुनारायण नगरपालिकाको वडा नं ६ र ७ जोड्ने झोलुङ्गे पुल हो ।

त्यहाँका वासिन्दाहरुलाई आवतजावत गर्न सहज होस् भनि बनाएको उक्त झोलुङ्गे पुल आन्तरिक पर्यकटका लागि नयाँ आकर्षक गन्तव्य बन्न पुगेको छ । यहाँबाट चाँगुनारायण नगरपालिका–८ सुडालमा रहेको बोझिनी ड्याम सम्मकाे यात्रा समेत राेमान्चित छ ।

त्यहाँ रहेको हरियाली जंगल र सल्लाको सुगन्धले मानिसलाई लोभ्याउँछ । २५० मिटर लामो झोलुङ्गे पुलको बीचमा जाँदा साच्चै नै रमाइलो महसुस हुन्छ, सरर चिसो हावा, पुलबाट तल हेर्दा हरियाली जंगल, माथि पहाडबाट बगेर आएको पानीको बहाबको छङछङको आवाज सुन्दा एकछिन मनै फुरुङ्ग हुन्छ । सारा पीडा आफैँ हराएर जान्छ ।

 

 


प्रकाशित मिति: २७ जेष्ठ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?