Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

‘वेष्ट एजुकेसन अवार्ड’ मा काठमाडौँ महानगरपालिकालाई ‘सर्वोत्कृष्ट पालिका अवार्ड’


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज ‘वेष्ट एजुकेसन अवार्ड’ मा ‘सर्वोत्कृष्ट पालिका अवार्ड’ प्राप्त गरेको छ । सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुको संस्था ‘प्रिन्सिपल एशोसिएसन अफ नेपाल – पान’ ले राष्ट्रिय सम्मेलनको अवसरमा आज वागमती प्रदेशको उत्कृष्ट पालिका अवार्ड प्रदान गरेको हो ।

मूल्याङ्कनका लागि राखिएका, शिक्षा क्षेत्रमा गरेको लगानी, निःशुल्क र समावेशी शिक्षाको पहल, दीर्घकालीन योजना, असल अभ्यास, प्राविधिक धार सञ्चालन, स्थानीय पाठ्यक्रम/ सूचना तथा प्रविधि र सुशासन जस्ता सूचकमा गरिएको मूल्याङ्कमा वागमती प्रदेशबाट महानगरपालिकाले अवार्ड प्राप्त गरेको हो । यससँगै यस प्रदेशबाट चितवनको नारायणी माध्यमिक विद्यालयले उत्कृष्ट विद्यालय र काभ्रेपलाञ्चोकको जनक माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रदिप पराजुलीले उत्कृष्ट प्रधानाध्यापक अवार्ड प्राप्त गर्नुभयो । पानले हरेक प्रदेशबाट १÷१ जना प्रधानाध्यापक, १÷१ वटा विद्यालय र १ १ वटा पालिकालाई अवार्ड प्रदान गरेको हो ।

राजधानीमा आयोजना गरिएको कार्यक्रममा उपसभामुख इन्दिरा राना मगर र पानका अध्यक्ष सुदामप्रसाद गौत्तमले अवार्ड प्रदान गर्नुभएको थियो । उक्त अवार्ड सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले अवार्ड ग्रहण गर्नुभएको थियो । अवार्ड प्राप्त गरिसकेपछिको संक्षिप्त प्रतिक्रियामा इञ्जिनियर झाले भन्नुभयो, ‘यसले महानगरपालिकालाई थप जिम्मेवारी र दायित्व थपेको छ । यी दायित्व र जिम्मेवारीहरुलाई महानगरपालिकाले पूरा गर्नेछ ।’


प्रकाशित मिति: २७ जेष्ठ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?