Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

परम्परागत बाद्यबादनको प्रवर्धनका लागि ‘धाः बाजं’ बादन प्रतियोगिता


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शनिवार राष्ट्रिय सभा गृहमा ‘धाः बाजा वादन प्रतियोगिता’ सम्पन्न गरेको छ । महानगर स्वर्णिम योजना ‘सांस्कृतिक महानगर’ अन्तर्गत सार्वजनिक सूचनाबाट सहभागिता आव्हान गरेर प्रतियोगिता सम्पन्न गरिएको हो ।

प्रतियोगितामा २२ वटा समूह सहभागी भएका थिए । जसमध्ये ङत तुलाधर समिति, नरदेवीले प्रथम स्थान हासिल गर्‍यो । यस्तै कसाः तः धं गुथिले दोस्रो र ठँहिटि मानन्धर गुथिले तेस्रो स्थान प्राप्त गरे । कार्यक्रममा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने समूहलाई क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ नगदसहित चाँदीको धा बाजा प्रदान गरियो । अन्य १९ समूहलाई सान्त्वाना स्वरुप हरेक समूहलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरियो ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण यहाँ हेर्न सकिन्छ । पुरस्कार वितरण गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘यो प्रतियोगिता कसैलाई विजय गराउन वा कसैलाई हारको अनुभूति गराउनका लागि होइन । जोजति सहभागी हुनुभएको छ । परम्परागत बाजा संरक्षणमा सबैको समान योगदान छ । यसअर्थमा प्रतियोगितामा सहभागी सबै विजेता हुनुहुन्छ । यसरी महसुस गर्नुहोला ।’ उहाँले, संस्कृति र परम्पराको वैज्ञानिक, सामाजिक, पारिवारिक तथा व्यक्तित्व एवं नेतृत्व विकासको पक्ष जोगाउन युवाहरुको सक्रिय सहभागिताको अपेक्षा गर्नुभयो ।


प्रकाशित मिति: २७ जेष्ठ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?