Trending
>>   रुख कटान नहुँदा मदन भण्डारी राजमार्ग निर्माण प्रभावित >>   लहानमा अलपत्र खानेपानी आयोजनाको काम पुनःसञ्चालन >>   वडाध्यक्ष आफैंले कार्यालय परिसरमा सजाए फूलबारी >>   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर >>   देवघाट जाने झोलुंगे पुल मर्मत सुरु >>   आज देशभर आंशिक बदली >>   आज मिति २०८१ साल माघ ०८ गते मंगलबार,हेर्नुहोस आजको राशिफल >>   काभ्रे उमाविका नक्कली प्रमाणपत्रधारी शिक्षक पक्राउ >>   सरकार मुलुकमा शान्ति सुरक्षा कायम राख्न दृढ : गृहमन्त्री लेखक >>   वर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ
Logo
८ माघ २०८१, मंगलवार
८ माघ २०८१, मंगलवार

समाचार


हराएका ३३ वटा दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं। विभिन्न मितिमा हराएका ३३ वटा दुई पाङग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले २५ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका छन् ।

मेडिकल चश्मामा लगाइएको भ्याट हटाउन पहल गर्छुः उपप्रधानमन्त्री सिंह

काठमाडौँ। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मेडिकल चश्मामा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन पहल गर्ने बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित नेपाल नेत्रज्योति संघ केन्द्रिय सभाको २९ औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले नेत्र ज्योतिको समस्या हुने व्यक्तिको आँखा र स्वास्थ्यका लागि चिकित्सले प्रयोग गर्न सुझाव दिने चश्मामा लाग्ने

अर्को वर्षदेखि आँखा उपचारसँग जोडिने चश्माको भ्याट र भन्सार लिँदैनौँः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आगामी वर्षदेखि आँखाको उपचारमा जोडिएको चश्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्ने बताएका छन् । शुक्रवार काठमाडौंमा नेपाल नेत्रज्योति संघको केन्द्रिय सभाको उद्घाटन गर्दै उनले यस्तो चश्मा फेसन र आँखा उपचारसँग गरी दुई किसिमबाट जोडिने भएको उल्लेख गर्दैै उपचारसँग सम्बन्धित चश्माको भ्याट र भन्सार

टर्कीबाट ५२ हजार भन्दा बढी सिरियालीहरू स्वदेश फर्किए

काठमाडौँ। बशर अल–असदको सरकारको पतनपछि गत महिनामा टर्कीबाट कुल ५२ हजार ६२२ सिरियालीहरू स्वेच्छाले सिरिया फर्किएका छन् । जसले गर्दा घर फर्कने सिरियालीहरूको कुल संख्या ७ लाख ९२ हजार ६२५ पुगेको टर्कीका गृहमन्त्री अली येर्लिकायाले बताए । गत महिनामा, १ हजार ७६६ आप्रवासीहरू टर्कीबाट बाहिरिएका छन् । टर्कीको विपद् तथा

ट्राफिक लाइटको शुरुवातसँगै बुटवलमा ट्राफिक जाम हट्ने विश्वास

काठमाडौँ । बुटवलको ट्राफिक चोकसहित मुख्य तीन चोकमा ट्राफिक लाइटको उद्घाटन भएको छ । ट्राफिक चोकसहित मिलन चोक र कालिकानगरमा जडान गरिएको ट्राफिक लाइटको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरेका हुन् । कार्यक्रममा नगर प्रमुख पाण्डेयले बुटवलको ट्राफिक व्यवस्थापनका लागि हाल ट्राफिक चोकसहित मुख्य तीन चोकमा ट्राफिक लाइट

शीतलहरका कारण नवलपरासीसहित तराई–मधेसको जनजीवन प्रभावित

नवलपरासी। शीतलहरका कारण चिसो बढेपछि नवलपरासी लगायत तराई–मधेसको जनजीवन प्रभावित बनेको छ । चिसो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण तराई–क्षेत्रको जीवन प्रभावित भएको हो । घाम नलागेर चिसो बतास चल्ने र हुस्सु लागेपछि निम्न आयस्रोत भएको र विपन्न मजदुर वर्ग बढी प्रभावित भएका छन् । चिसोका कारण विपन्न

सशस्त्र प्रहरीका चार नायव महानिरीक्षकहरुको १ वर्ष पदावधि थप गर्ने सरकारको निर्णय

काठमाडौँ। सरकारले परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन बोल्दै नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको जानकारी दिएका छन् । उनले मन्त्रिपपरिषद् बैठकले सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु

दक्षिण भारतमा भागदौडमा ६ जनाको मृत्यु, २५ भन्दा बढी घाइते

काठमाडौँ। भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको धार्मिक शहर तिरुपतिमा भागदौड हुँदा चार महिलासहित कम्तीमा छ जनाको मृत्यु भएको छ । साथै २५ भन्दा बढी गम्भीर घाइते र लगभग ७० जना सामान्य घाइते भएका छन् । शुक्रबार वैकुण्ठ एकादशी को शुभ अवसरमा प्रसिद्ध तिरुपाला मन्दिरमा प्रार्थना गर्न टोकन सङ्कलन गर्न लगभग

नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक काठमाडौंमा शुरु

काठमाडौँ। नेपाल—भारत वाणिज्य सचिवस्तरीय संयन्त्र (आईजीसी) को बैठक आजदेखि काठमाडौंमा शुरु भएको छ । विगत चार वर्षदेखि हुन नसकेको नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक आजदेखि काठमाडौंमा शुरु भएको हो । बैठकमा नेपालले भारतमा वस्तु निर्यातमा देखिएको समस्या समाधानदेखि वाणिज्य सन्धि पुनरावलोकनसम्मका विषय उठाउने गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता बाबुराम

गाजामा इजरायली आक्रमणमा ३१ प्यालेस्टिनीको मृत्यु

काठमाडौँ । गाजापट्टीमा इजरायली आक्रमणमा कम्तिमा ३१ प्यालेस्टिनीको मृत्यु भएको गाजाको नागरिक रक्षा प्रवक्ता महमूद बसालले बताएका छन् । इजरायली जेटहरूले गाजा शहरको दक्षिणमा रहेको जेटौन छिमेकमा रहेको एउटा घरमा आक्रमण गर्दा पाँच प्यालेस्टिनीको मृत्यु भएको र छ जना घाइते भएको बसालले बताए । दक्षिणी गाजा पट्टीको खान युनिस शहरमा

सम्वन्धित समाचारहरु