Trending
>>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै


द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै

एजेन्सी। इस्लामिक रिभोलुसन गार्ड कोप्र्स (आईआरजीसी) ले द्वन्द्वले नयाँ रूप लिएको खण्डमा इरानले अत्याधुनिक हतियारको प्रयोग गर्ने चेतावनी दिएको छ ।

तेहरानमा आयोजित पत्रकार सम्मेलनमा आईआरजीसीका प्रवक्ता होसेन मोहेबीले इरान आफ्नो रक्षा क्षमता अभिवृद्धि गर्न निरन्तर लागिपरेको बताउँदै आवश्यक परेको खण्डमा युद्धमैदानमा नयाँ हतियार उतार्ने घोषणा गरेका हुन् । प्रवक्ता मोहेबीले इरानले विश्वभरका प्रविधिहरूलाई आत्मसाथ गर्दै आफ्नै हतियार निर्माण गरिरहेको र विद्यमान हातहतियारको स्तरोन्नतिमा जोड दिइरहेको स्पष्ट पारे ।

उनले भने, ‘हामी निरन्तर नयाँ हतियार डिजाइन गर्दैछौँ र ठूलो परिमाणमा उत्पादन गरिरहेका छौँ । यदि द्वन्द्वको स्वरूप बदलिएमा हामी पक्कै पनि नयाँ हतियारहरू युद्धमैदानमा ल्याउनेछौँ।’

मोहेबीले पछिल्ला केही महिनामा अमेरिकाले इरानविरुद्ध लगाएको नाकाबन्दी, आर्थिक दबाब र सीमावर्ती क्षेत्रमा सक्रिय समूहहरूलाई हतियार उपलब्ध गराएर अस्थिरता निम्त्याएको आरोप लगाए । उनले ती सबै प्रयास असफल भएको दाबी गर्दै इरानसँग ‘शत्रु’ का अन्य योजनाहरू विफल बनाउने पूर्ण तयारी रहेको जिकिर गरे । दुई देशबीचको तनाव फेब्रुअरी २८ मा उत्कर्षमा पुगेको थियो, जतिबेला अमेरिका र इजरायलले इरानी सहरहरूमा संयुक्त आक्रमण गरेका थिए । त्यसको जवाफमा इरानले मिसाइल र ड्रोन आक्रमण गरी हर्मुज जलमार्गमा आफ्नो पकड थप कसिलो बनाएको थियो । गत जुन १८ मा दुवै पक्षबीच युद्ध अन्त्य गर्ने र वार्तामार्फत समाधान खोज्ने सम्बन्धमा समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार ६० दिनभित्र वार्ता सम्पन्न हुनुपर्ने भएपनि अगस्ट १७ मा समयावधि सकिएकाले भविष्यको बाटो अझै अनिश्चित बनेको छ । पछिल्लो समय बढेको सैन्य सक्रियताले सम्झौता कार्यान्वयनमा थप चुनौती थपिएको छ ।


प्रकाशित मिति: १५ आश्विन २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?