काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकारले आफ्नो लक्ष्य र वाचाअनुसार काम नगरे पार्टीले हस्तक्षेप गर्ने बताएका छन् । सरकारको कार्यशैली र स्थायित्वका विषयमा टिप्पणी गर्दै उनले सरकार बाटोबाट विचलित भए राजनीतिक दलका तर्फबाट नियन्त्रण गर्ने र पुनः सही मार्गमा ल्याउने क्षमता आफूहरूसँग सुरक्षित रहेको स्पष्ट
काठमाडौँ। नेपालको पहिलो ‘कमेडी एक्ट’ मा आधारित रियालिटी शो ‘सुपर कमेडी लिग’ को औपचारिक घोषणा गरिएको छ । ओपन डोर्स इन्टरटेनमेन्ट प्रा.लि.को निर्माणमा तयार हुन लागेको यस कार्यक्रमको बिहीवार ललितपुरमा आयोजित एक पत्रकार सम्मेलनमार्फत घोषणा गरिएको हो । हास्यव्यङ्ग्यमा आधारित यस प्रतिष्ठित रियालिटी शोमा महानायक राजेश हमाल प्रमुख निर्णायक तथा
काठमाडौँ।अग्रगामी मोर्चा’को अवधारणा र २८ बुँदे उद्देश्यहरू सार्वजनिक गरिएको छ । पूर्वमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले ‘अग्रगामी मोर्चा’को अवधारणा र २८ बुँदे उद्देश्यहरू सार्वजनिक गरेका छन् । मुलुकको पछिल्लो राजनीतिक अवस्था, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र नागरिकको जीवनस्तर सुधारका लागि भन्दै उनले मोर्चाको भावी कार्यदिशा स्पष्ट पारेका
काठमाडौँ।जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले विभिन्न राजनीतिक दल र समूह मिलेर गठन गरिएको अग्रगामी मोर्चा सत्ता प्राप्तिका लागि नभएको बताएका छन् । शनिवार आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा अध्यक्ष राउतले संविधानवाद, संघीय लोकतान्त्रिक गणतन्त्र र प्राप्त राजनीतिक उपलब्धिको रक्षाका लागि मोर्चा गठन गरिएको बताएका हुन् । उनले देशमा राजनीतिक
काठमाडौँ।लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले राजनीति सहज बाटोबाट अघि बढ्ने विषय नभएको बताउनुभएको छ । शनिवार आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा बोल्दै उनले सत्ता र नेतृत्वमा पुग्नका लागी राजनीतिमा अनेक गतिविधि हुने गरेको बताउदै उनले राजनीतिलाई ‘डर्टी गेम’को संज्ञा दिएका छन् । उनले सत्ता प्राप्तिका लागि अष्टावक्रझैँ ‘टेढा–मेढा
काठमाडौँ।नागरिक उन्मुक्ति पार्टी (नाउपा), नेपालका संरक्षक रेशमलाल चौधरीले सरकारले निर्वाचनअघि गरेका प्रतिवद्धता पूरा गर्न नसकेको आरोप लगाएका छन् । शनिवार आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा बोल्दै उनले निर्वाचनअघि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका युवालाई स्वदेश फर्काउने, सुशासन कायम गर्ने र देशलाई नयाँ ढंगले सञ्चालन गर्ने दाबी गरेपनि व्यवहारमा
काठमाडौँ।नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो समय विभिन्न चारवटा समुदाय पार्टीबाट टाढिँदै गएको र त्यसको ठाउँ ‘पपुलिज्म’ (लोकप्रियतावाद) ले लिन खोजेको विश्लेषण गरेका छन् । शनिवार तारकेश्वरमा आयोजित ‘मिसन पार्टी जागरण, २०८३’ तथा संगठन सुदृढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको पछिल्लो अवस्थाबारे यस्तो धारणा राखेका हुन् । महासचिव पोखरेलले
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले राज्यका शक्तिहरू एकै ठाउँमा केन्द्रित हुँदा मुलुकमा सर्वसत्तावाद र अधिनायकवाद मौलाएको टिप्पणी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान राजनीतिक अवस्था र राज्य सञ्चालन पद्धतिप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन् ।
काठमाडौँ। प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रिय समिति अध्यक्ष सन्तोष परियारले नेपाली राजनीतिमा प्राप्त सङ्घीयता, गणतन्त्र र समावेशिता जस्ता उपलब्धिको रक्षाका लागि ‘अग्रगामी मोर्चा’ले सशक्त भूमिका खेल्ने उद्घोष गरेका छन् । शनिवार काठमाडौंमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष परियारले वर्तमान सरकार जनभावना विपरीत र विचारविहीन भएको टिप्पणी गरेका हुन्
काठमाडौँ। आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकलाई विद्यमान अन्त्यहीन संकटबाट निकास दिन नयाँ राजनीतिक मोर्चाको आवश्यकता रहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्था दयनीय बन्दै गएकाले अग्रगामी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका हुन्