२४ असार, एजेन्सी । अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियामा शनिबार बिहान एउटा सानो व्यापारिक जेट दुर्घटना हुँदा छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । रिभरसाइड काउन्टी शेरिफ विभागका अनुसार लस एन्जलसबाट करिब १५० किलोमिटर दक्षिणपश्चिममा रहेको दक्षिणपश्चिमी रिभरसाइड काउन्टीको शहर मुरिएटामा विमान दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त विमानले लस
२४ असार, बागलुङ । तीन वर्षअघिसम्म बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुस्मिसेरा बजारको बीच सडकबाट सिँचाइको कुलो बग्दथ्यो । सडकमा नाली नहुँदा सिचाँइका लागिसमेत बजारको बीच सडक नै प्रयोग गर्ने अवस्थाले बजारको शौन्दर्यतालाई गिज्याउँथ्यो । यस क्षेत्रमा उर्भर खेतीयोग्य जमिन भए पनि सङ्घीयता आएसँगै जैमिनी नगरपालिकाको केन्द्र कुस्मिसेरा भइसकेपछि अहिले यहाँ
२४ असार, काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर संसद् अवरोध गर्दा राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल प्रभावित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत १२ मन्त्रालय र चार कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची थियो । बैठक प्रारम्भ
२४ असार, काठमाडाैँ । प्रमुख प्रतिपक्षीलगायतले गरेको सङ्घीय संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक शुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा रसहभागी छन्
२४ असार, टोखा । टोखा नगरपालिकाले मेयर उज्यालो कार्यक्रमअन्तर्गत चार सय ३४ सडक बत्ती जडान गरेको छ । आर्थिक वर्ष २०७९/८० मा मेयर उज्यालो कार्यक्रम अन्तर्गत टोखाभित्रका विभिन्न सडकमा चार सय ३४ सडकवत्ती र एक सय ३० सिसी क्यामरा जडान गरेको नगरपालिकाका उपप्रमुख मुरारी तामाङले जानकारी दिए । टोखाले आव २०७९/८०
२४ असार, काठमाडाैँ । चालु आर्थिक वर्षको ११ महिनामा मुलुकबाट छ अर्ब रुपियाँ बराबरको जुस निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म जुस निर्यात १२.९ प्रतिशतले बढेर छ अर्ब १० करोड रुपियाँको पाँच करोड ४५ लाख ८८ हजार लिटर जुस निर्यात भएको हो ।
२४ असार, गण्डकी । गण्डकी प्रदेश सरकारले तीन सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन गर्ने भएको छ । तनहुँको भिमादबाट नवलपुरको डेढगाउँ, डेढगाउँ–झ्यालबास र लमजुङको शीतलपाटी–नाल्फाफेदी सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन आगामी आर्थिक वर्षमा सुरु गरिने भएको हो । नीति, कार्यक्रम र बजेटमा पाँच सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको प्रदेश सरकारले बागलुङको बिहुँ–नरेठाँटी र म्याग्दीको
२४ असार, धनुषा । धनुषाको कमल नगरपालिका–२, माचिझिटकैयामा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ । आइतबार बिहान सोही वडाका ५५ वर्षीय सूर्यदेव ठाकुरको करेन्ट लागेर मृत्यु भएको हो । सिँचाइ गर्न प्रयोग गरिएको विद्युतीय मोटरको तार हटाउने क्रममा करेन्ट लागेर ठाकुरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी
२४ असार, काठमाडाैँ । आज नेपाली बजारमा सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढेको छ। शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो। शुक्रबार प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ आइतबार बढेर १
२४ असार, काठमाडाैँ । रकस्टार रबिन तामाङको अन्तिम संस्कार गरिएको छ । आज स्वयम्भुमा उनको तामाङ संस्कार अनुसार अन्तिम संस्कार गरिएको हो । उनको अन्तिम संस्कारमा कलाकार, आफन्त तथा अन्य व्यक्तित्वहरू उपस्थित भएका थिए । अन्तिम संस्कारअघि उनको शव श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य एकेडेमीको प्राङ्गणमा राखिएको थियो । अभिनेता समेत