Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

सहमतिपछि प्रतिष्ठानको सेवा सञ्चालन


३०,असार ,घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ वर्षीय बालकको मृत्युको घटनालाई लिएर बिरामीका आफन्तले ठप्प पारेको सेवा आजदेखि पुनः सञ्चालन भएको छ ।

अस्पताल प्रशासन र पीडित पक्षबीच सहमति भएपछि सेवा पुनः सञ्चालन गरिएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा विकास लामिछानेका अनुसार घोराही–३ का वडाअध्यक्ष रामप्रसाद चौधरीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति बनाउने सहमति भएको छ ।

समितिले घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन ल्याउने छ । शैक्षिक योग्यताअनुसार मृतकका नजिकका आफन्त एकजनालाई रोजगारी दिने सहमति भएको लामिछानेले बताए ।

पीडित परिवारका लागि आर्थिक सहयोग जुटाइने भएको छ । सहमतिपछि बालकको शव आफन्तले बुझेका छन् । छारे रोगबाट पीडित ११ वर्षीय आक्रोश नेपालीको मृत्यु भएको थियो । उपचारमा लापरवाही गरेका कारण उनको ज्यान गएको मृतकका आफन्तजनले आरोप लगाएका थिए ।

उचित क्षतिपूर्तिको माग गर्दै उनीहरुले शुक्रबार दिनभर अस्पतालको सेवा अवरुद्ध पारेका थिए । मृत्यु भएका बालकको उपचारका क्रममा लागेको सम्पूर्ण खर्च प्रतिष्ठानले ब्यहोर्न कार्यकारी परिषद्लाई सिफारिस गर्ने सहमति भएको उपकुलपति डा लामिछानेले बताए ।


प्रकाशित मिति: ३० असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?