Trending
>>   क्यानडामा नेपाली चेलीमाथि दाजु र उनका दुई साथीद्वारा बेहोसीको औषधि मिसाएर ६ घण्टा बलात्कार ! >>   एक्कासी के भयाे प्रधानमन्त्री ओलीलाई? >>   प्रधानमन्त्री ओली अस्वस्थ,निर्धारित कार्यक्रम स्थगित ! >>   खाद्य विभागद्वारा तरकारी तथा फलफूलमा विषादी अवशेषको परीक्षण >>   गायक सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो रिलिज >>   सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा अवकाश पाउने प्रावधान ल्याउँदैछौँः गृहमन्त्री लेखक >>   अब गाईमुत्र सेवन गर्ने कि भैंसीमुत्र ? >>   रुपन्देहीमा रविको थुनछेक आदेश दिने इजलासमा चिठ्ठाबाट चुनिएका न्यायाधीश योगी को हुन् ? >>   मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित) >>   रुपन्देहीमा न्यायाधीश योगीको इजलासमा रविको बयान जारी
Logo
९ माघ २०८१, बुधबार
९ माघ २०८१, बुधबार

समाचार


राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने राप्रपाको निर्णय, तटस्थ बस्ने

२४ फागुन, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने भएको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले भोलि हुने राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको हो । बैठक बस्नुभन्दा अघि पार्टीका प्रवक्ता मोहन श्रेष्ठले पार्टीले उचित निर्णय गर्ने प्रतिक्रिया दिएका थिए ।

ओलीले दिए महिला चालक दलका सदस्यहरूलाई बधाई

२४ फागुन, काठमाडाैँ। नेपाल वायुसेवा निगमको जहाज उडाउने महिला चालक दलका सदस्यहरूप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाई ज्ञापन गरेका छन् । दुबईबाट उडान भरेर सफलतापूर्वक काठमाडौंमा अवतरण गराएकोमा पाइलट भावना पन्त नेतृत्वको टोलीलाई ओलीले बधाई दिएका हुन् । ओलीले ट्विट गर्दै लेखेका छन्, 'अघि बढ्दैछन् नेपाली महिला! आज अन्तर्राष्ट्रिय

महिलालाई आर्थिकरूपमा आत्मनिर्भर बनाउनुपर्छ : अध्यक्ष थापा

२४ फागुन, काठमाडाैँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राज्यका हरेक प्रतिनिधिमूलक क्षेत्रमा संविधानले नै महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गरेकाले त्यसलाई समुचितरूपमा कार्यान्वयन गरेर व्यवहारमा उतार्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन नेपालले ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष थापाले पार्टीमा

जापानमा एक जना नेपालीको निधन

२४ फागुन, काठमाडाैँ। जापानमा कार्यरत एक नेपालीको निधन भएको छ । जापानमा कुकको काम गरिरहेका नेपालीको निधन भएको हो । निधन हुनेमा बागलुङको गलकोट नगरपालिका वडा नम्बर ७ का ४३ वर्षीय पदमबहादुर चोखाल रहेका छन् । उनको हृदयघातका कारण निधन भएको बताइएको छ । आफ्नो आफ्नो नियमित कामबाट घर फर्केर श्रीमतीसँगै

सिरियामा भएको ड्रोन आक्रमणमा ४ जना मारिए

२४ फागुन, एजेन्सी। सरकार नियन्त्रित पूर्वी सिरियामा बुधबार इरान समर्थित गुटहरूद्वारा भएको ड्रोन आक्रमणमा चार जनाको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । उक्त आक्रमणमा अन्य आठ जना घाइते भएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स रामी अब्देल रहमानका अनुसार पूर्वी सहर देइर एजोरमा इरान समर्थित समूहको

अभिनेत्री सुरक्षा पन्तले गरिन् इन्गेजमेन्ट

२४ फागुन, काठमाडाैँ। अभिनेत्री सुरक्षा पन्तले इन्गेजमेन्ट गरेकी छिन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा फोटो राख्दै इन्गेजमेन्ट गरेको जानकारी दिएकी हुन्। उनले प्रेमी मानव सुवेदीसँग इन्गेजमेन्ट गरेकी हुन् । फेसबुकमा फोटो राख्दै पन्तले लेखेकी छिन्, 'आजबाट नयाँ अध्याय सुरु हुँदै छ। हामी धेरै खुसी छौँ। आशिर्वाद दिनुहोला।'

कर्मचारीको व्यवस्थित सरुवा प्रणाली मेरै कार्यकालमा : मन्त्री मोदी

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामति कर्मचारीको व्यवस्थित सरुवा प्रणाली आफ्नै कार्यकालमा सुरु गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मन्त्रालयमा आज सञ्चारकर्मीसँगको अन्तक्रियामा उहाँले कर्मचारीको सरुवाकै विषयमा धेरै ध्यान केन्द्रित गर्दा अरु काम प्राथमिकतामा पर्न नसकेकाले व्यवस्थित सरुवा प्रणाली स्थापित गर्ने गृहकार्य भइरहेको जानकारी दिनुभयो । विसं २०७५

राजस्व परामर्श समितिले थाल्यो काम

सरकारी राजस्व व्यवस्थापनबारे सुझाव दिने संयन्त्रका रुपमा रहेको राजस्व परामर्श समितिले आफ्नो काम थालेको छ । समितिले आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकमा समावेश गर्नुपर्ने राजस्वसँग सम्बन्धित नीति तथा कार्यक्रमबारे सरकारलाई सुझाव दिनेछ । राजस्व सचिवको संयोजकत्वमा राजस्व परामर्श समिति तथा विभिन्न क्षेत्रगत विधालाई समेट्ने गरी आठ उपसमितिसमेत बनाइएको

तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गरिँदै

रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गर्ने तयारी गरिएको छ । नगरपालिकाले सञ्चालन गरेको हरियाली प्रवर्द्धन एवं सरसफाइ अभियानको सयौँ शृङ्खलाको अवसरमा यही चैत १ गते तिलोत्तमा नगरपालिकालाई ‘नो हर्न’ नगरपालिका घोषणा गर्न लागिएको हो । नगरपालिकाले २०७४ साउन ६ गते सुरु गरेको समुदायमा आधारित साप्ताहिक हरियाली प्रवर्द्धन एवं

सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने महिला आरोही सम्मानित

अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने महिला आरोहीलाई सम्मान गरिएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सगरमाथा आरोही सङ्घ र नेपाल पर्वतारोहण सङ्घले संयुक्त रुपमा सगरमाथालगायत हिमाल आरोहण गर्ने ३५ महिला आरोहीलाई सम्मान गरेको हो । सम्मानित हुनेमा सन् २०१८ मा सबैभन्दा छिटो

सम्वन्धित समाचारहरु