Trending
>>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक >>   आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँः सुरेन्द्र पाण्डे
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

लुम्बिनी वाणिज्य क्यापसमा बहुसङ्काय अध्ययनको योजना


२५ असार ,लुम्बिनी । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयको रुपमा स्थापित गर्दै बहुक्याम्पसको रुपमा विकास गर्ने योजना अगाडि सारिएको छ । क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को तेह्रौँ सभामा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मोतीलाल पाण्डेले उक्त योजना अगाडि बढाइएको जानकारी दिए ।

क्याम्पस सभामा उनले हाल व्यवस्थापन सङ्कायको मात्र पठनपाठन हुँदै आएको र भविष्यमा मानित विश्वविद्यालयका रुपमा स्थापित गर्दै विज्ञान तथा प्रविधि सङ्काय थप गरी बहुसङ्काय क्याम्पसको रुपमा विकास गर्ने योजना अगाडि बढाइएको बताए ।

क्याम्पसलाई मानित विश्वविद्यालयको रुपमा स्थापित गर्न बुटवल–१२ तामनगरस्थित चारपाला सामुदायिक वनको ३० बिघा जग्गाप्राप्तीको प्रक्रिया अगाडि बढाइएको र जग्गा प्राप्त भएपछि विश्वविद्यालयको लागि आवश्यक संरचना निर्माण गरिने उनले बताए ।

अध्यक्ष पाण्डेले क्याम्पसले हाल त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति प्राप्त गरी पाँच स्वायत्त कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । पाण्डेका अनुसार सेमेष्टर प्रणालीमा आधारित दुई वर्षे व्यवस्थापन विषयमा स्नाकोत्तर र चार वर्षे स्नातक व्यापार व्यवस्थापन र सूचना प्रविधि विषय सञ्चालनका लागि पाठ्यक्रम निर्माण गरी त्रिभुवन विश्वविद्यालयमा पेश गरिसकेको जानकारी दिए ।

बैठकमा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले यहाँका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको वातावरण बनाउने लागि पनि लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालय र बहुसङ्काय क्याम्पसको रुपमा स्थापित गर्नुपर्ने बताए ।

क्याम्पस प्रमुख प्राध्यापक डा ताराप्रसाद उपाध्यायले सबै सङ्कायमा गरी तीन हजार दुई सय १२ जना विद्यार्थी अध्ययनरत क्याम्पसले हालसम्म २०६८ र २०७५ सालमा गरि दुईपटक विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (क्युएए) प्राप्त गर्न सफल भएको उल्लेख गरे ।

क्याम्पस प्रमुख उपाध्यायले व्यवस्थापन विषय अध्यापन गराउने लुम्बिनी प्रदेशमा मात्र नभई देशकै उत्कृष्ट क्याम्पस रहेको दाबी गरे । उपाध्यायका अनुसार २०७५ सालमा देशभरका सामुदायिक क्याम्पसमध्ये सर्वोत्कृष्ट बनेको लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत विद्यार्थीले त्रिभुवन विश्वविद्यालयमै उत्कृष्ट नतिजासहित १९ पटक गोल्डमेडल प्राप्त गरेका छन् ।


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?