Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
१ कार्तिक २०८३, शनिबार
१ कार्तिक २०८३, शनिबार

लुम्बिनी वाणिज्य क्यापसमा बहुसङ्काय अध्ययनको योजना


२५ असार ,लुम्बिनी । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयको रुपमा स्थापित गर्दै बहुक्याम्पसको रुपमा विकास गर्ने योजना अगाडि सारिएको छ । क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को तेह्रौँ सभामा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मोतीलाल पाण्डेले उक्त योजना अगाडि बढाइएको जानकारी दिए ।

क्याम्पस सभामा उनले हाल व्यवस्थापन सङ्कायको मात्र पठनपाठन हुँदै आएको र भविष्यमा मानित विश्वविद्यालयका रुपमा स्थापित गर्दै विज्ञान तथा प्रविधि सङ्काय थप गरी बहुसङ्काय क्याम्पसको रुपमा विकास गर्ने योजना अगाडि बढाइएको बताए ।

क्याम्पसलाई मानित विश्वविद्यालयको रुपमा स्थापित गर्न बुटवल–१२ तामनगरस्थित चारपाला सामुदायिक वनको ३० बिघा जग्गाप्राप्तीको प्रक्रिया अगाडि बढाइएको र जग्गा प्राप्त भएपछि विश्वविद्यालयको लागि आवश्यक संरचना निर्माण गरिने उनले बताए ।

अध्यक्ष पाण्डेले क्याम्पसले हाल त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति प्राप्त गरी पाँच स्वायत्त कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । पाण्डेका अनुसार सेमेष्टर प्रणालीमा आधारित दुई वर्षे व्यवस्थापन विषयमा स्नाकोत्तर र चार वर्षे स्नातक व्यापार व्यवस्थापन र सूचना प्रविधि विषय सञ्चालनका लागि पाठ्यक्रम निर्माण गरी त्रिभुवन विश्वविद्यालयमा पेश गरिसकेको जानकारी दिए ।

बैठकमा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले यहाँका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको वातावरण बनाउने लागि पनि लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालय र बहुसङ्काय क्याम्पसको रुपमा स्थापित गर्नुपर्ने बताए ।

क्याम्पस प्रमुख प्राध्यापक डा ताराप्रसाद उपाध्यायले सबै सङ्कायमा गरी तीन हजार दुई सय १२ जना विद्यार्थी अध्ययनरत क्याम्पसले हालसम्म २०६८ र २०७५ सालमा गरि दुईपटक विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (क्युएए) प्राप्त गर्न सफल भएको उल्लेख गरे ।

क्याम्पस प्रमुख उपाध्यायले व्यवस्थापन विषय अध्यापन गराउने लुम्बिनी प्रदेशमा मात्र नभई देशकै उत्कृष्ट क्याम्पस रहेको दाबी गरे । उपाध्यायका अनुसार २०७५ सालमा देशभरका सामुदायिक क्याम्पसमध्ये सर्वोत्कृष्ट बनेको लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत विद्यार्थीले त्रिभुवन विश्वविद्यालयमै उत्कृष्ट नतिजासहित १९ पटक गोल्डमेडल प्राप्त गरेका छन् ।


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?