Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२८ माघ २०८२, बुधबार
२८ माघ २०८२, बुधबार

अन्तर्राष्ट्रिय महोत्सवमा ‘गुराँस’ ले जित्यो अवार्ड


२५ असार, काठमाडाैँ । नेपाली चलचित्र ‘गुराँस’ युरोपको प्रतिष्ठित महोत्सव ‘दी कार्लोभी भ्यारी’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा निर्णायकको तर्फबाट प्रदान गरिने ‘जुरी अवार्ड’ जितेको छ ।

चेक रिपब्लिकमा आयोजित महोत्सवमा यही असार २० गते गरिएको विशेष प्रदर्शनीमै चर्चा बटुलेपछि आफूहरू उत्साहित भएको निर्देशक सौरभ राईले जानकारी दिए ।

उनले भने,“पहिलोपटक गरिएको प्रदर्शनीमै पुरस्कृत हुँदा हामी उत्साहित भएका छौँ । यसले हामीलाई नियमित प्रदर्शनका लागि समेत हौसला थपेको छ ।”

सो प्रदर्शनीमा चलचित्रकी अभिनेत्री मेनुका प्रधान पनि सहभागी भएकी थिइन् । रङ्गमञ्चमार्फत कलाकारितामा उदाएर चलचित्रमा छुट्टै पहिचान स्थापित गरेकी अभिनेत्री प्रधानले महोत्सवमा सहभागिता जनाउनु आफ्ना लागि नयाँ अनुभव रहेको प्रतिक्रिया दिइन् ।

नेपाल र भारतको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रमा हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीया बालिकाको आँखाबाट कथा प्रस्तुत गरिएको छ ।

दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धलाई समेत प्रस्तुत गरिएको चलचित्र लेखन निर्देशक राईले नै गरेका छन् । चलचित्रमा तुलसी खवासले ‘गुराँस’को शीर्ष भूमिका र अभिनेता खगेन्द्र लामिछानेले पिताको भूमिका निर्वाह गरेका छन् ।


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?